गर्भवतीको पोषणका लागि औषधि निःशुल्क



रोशन पराजुली, हेटौंडा । हेटौंडा अस्पताललाई गर्भवतीको पोषणका लागि निःशुल्क औषधि हस्तान्तरण गरिएको छ। गौतम समाज मकवानपुरको समन्वयमा माउन्टेन हर्ट नेपाल संस्थाले हेटौंडा अस्पताललाई गर्भवती महिलाको पोषणका लागि प्रयोग औषधि वितरण गरेको हो।

हेटौंडा १ अध्यक्ष सविन न्यौपानेमार्फत अस्पतालका स्टोरकिपर सुदीप ढकाललाई प्रिग्नेन्सी मल्टी भिटामिनका आठ बक्स र लिक्विड आईभी दुई बक्स हस्तान्तरण गरिएको हो। गरिबीका कारण पर्याप्त मात्रामा भिटामिन खान नसक्ने महिलालाई निःशुल्क वितरण गर्ने गरी औषधि वितरण गरिएको हो।

आठ सय गर्भवतीलाई तीन महिना खान पुग्ने र प्रभावकारी भए थप औषधि उपलब्ध गराउन समन्वय गर्न सकिने समाज जिल्ला अध्यक्ष राजु गौतमले बताउनुभयो। कार्यक्रममा माउन्टेन हर्ट नेपालका डा. अबन गौतम, समाज केन्द्रीय कोषाध्यक्ष गोमा गौतम, प्रदेश–३ अध्यक्ष होमनाथ गौतम, जिल्ला सल्लाहकार केशवप्रसाद गौतम, प्रकृति सुवेदीलगायतको आतिथ्यता थियो।

बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो। राम्रो पोषण पाएका बालबालिका राम्ररी सिक्न र हुर्कन सक्छन्, समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग, विपत्ति र अन्य विश्वव्यापी संकटसँग लड्न समर्थ हुन्छन्। तर, कुपोषणबाट पीडित लाखौं बालबालिकाका लागि वास्तविकता निकै तीतो छ। थप लाखौं बालबालिका चरम कुपोषणका कारण पुड्का हुन जान्छन् जसको उपचार सम्भव छैन। यसले बालबालिकाको शारीरिक र मानसिक विकासलाई वास्तविकरूपमै छोट्याउने गर्दछ।

यो अवस्थालाई परिवर्तन गर्न सकिन्छ। र, यो नै यस सन्दर्भमा खुसीको समाचार हो किनभने नेपालले हालैका दुई दशकमा केही ठँला परिवर्तन ल्याउन सफल भएको छ। विगत दुई दशकमा बालबालिकामा न्यँन पोषणको दर उल्लेखनीयरूपमा घटेको छ।

सन् १९९६ मा ५७ प्रतिशत रहेको पुड्कोपन (उमेरअनुसार उचाइ नहुनु)को संख्या सन् २०१६ मा घटेर ३६ प्रतिशत पुगेको छ। सोही समयावधिमा न्यँन वजन (उमेरअनुसार वजन नहुनु) ४२ प्रतिशतबाट घटेर २७ प्रतिशत पुगेको छ र ख्याउटेपन (उचाइअनुसार वजन नहुनु) १५ प्रतिशतबाट घटेर १० प्रतिशत पुगेको छ।

६ देखि ५९ महिनाबीचका बालबालिकामा भिटामिन ‘ए’ निरोधकको पहुँच ८६ प्रतिशत छ। सफलतापँर्वक पोषण कार्यक्रम सम्पन्न गरेबापत् स्केलिङ अप न्युट्रिसन (सन)अन्तर्गत नेपाललाई शुरूआती उदयकर्ता (अर्ली राइजर)को उपाधि दिइएको थियो।

विद्यमान पुड्कोपनको दर अझ स्वीकार्न नसकिने गरी उच्च छ। पाँच वर्षमुनिका १० प्रतिशत बालबालिका अझै ख्याउटे (उचाइअनुसार वजन नहुनु) छन्। ० देखि ५ महिनासम्मका ६६ प्रतिशत बालबालिकाले पँर्णस्तनपान गर्छन्। ६ देखि २३ महिना उमेरका ४७ प्रतिशत बालबालिकाले मात्र सन्तुलित भोजन पाएका छन् र तीमध्ये ३६ प्रतिशतले न्यँनतम स्वीकार्य पोषण पाएका छन्।

पाँच वर्षमुनिका ५३ प्रतिशत बालबालिका र ६–२३ महिनाका ६९ प्रतिशत बालबालिका रक्तअल्पताबाट पीडित छन्। ४४ प्रतिशत किशोरी, ४६ प्रतिशत गर्भवती र प्रजनन उमेरका ४१ प्रतिशत महिला रक्तअल्पताबाट पीडित रहेको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्