हजार जुनीसम्म गाए आयुषले



भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागी हँदै जी टीभीको कार्यक्रमको फाइनलमा पुगेर चौथो भएका आयुष केसीले आगामी बिहीबारबाट अल नेपाल रिलिज हुन लागिको फिल्म हजार जुनीसम्मका लागि गीत गाएका छन्।

उनले उदय सोताङको हिट गीत हजार जुनीसम्म गाएका हुन्। फिल्मका लागि यसलाई रिएरेन्ज गरिएको छ। गीत उदयले नै तयार पारेका हुन्। फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ। गीतमा पवन चाम्लिङ ‘किरण’को शब्द र योगेन्द्र घतानीको संगीत रहेको छ।

उदयको स्वरमा फिल्ममा गीत गाउ“दै गरेका आर्यन सिग्देल देखिनेछन् भने आयुषको स्वरमा चाइल्ड स्टार अनुभव रेग्मी देखिनेछन्। उदयले स्टुडियोमा रेकर्डिङको क्रममा आयुषलाई केही सिकाएका थिए। ‘मैले दिएको शैलीलाई उसले छिट्टै टिप्यो। ऊ मेहनती मात्र होइन, ज्ञानी पनि रहेछ’, उदयले भने– ‘यो गीत मेरो निकै नजिकको गीत हो। त्यसैले अरूलाई दि“दा निकै सोच विचार गरेर दिन्छु। मेरो करियरमा यसले निकै महŒव राखेको छ आश छ आयुषलाई पनि त्यस्तै हुनेछ।’

आयुष पनि उदयको गीतमा गाउन पाउ“दा उत्साहित छन्। ‘मैले यो गीत गाउन पाउनु नै एक किसिमको जित हो।’ –आयुषले भने। आयुषले फिल्म हजार जुनीसम्ममार्फत पाश्र्व गायनमा डेब्यु पाएका छन्। विकासराज आचार्यको निर्देशनमा बनेको फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सञ्चिता लुइ“टेल, अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारले अभिनय गरेका छन्। हिट सिरिज फिल्म नाइ“ नभन्नु लका निर्देशक विकासराजको निर्देशन रहेको फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेका छन्।

फिल्ममा उदयराज सोताङ, राजनराज सिवाकोटी, वसन्त सापकोटा र प्रवीण पौडेलको संगीत र अर्जुन जिसीको सम्पादन छ। विशाल चाम्लिङद्वारा निर्मित फिल्ममा कविता रेग्मी कार्यकारी निर्मात्री रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्