प्रिया र प्रतीकरत्न मिस एन्ड मिस्टर हस्पिटालिटी नेपाल



राजधानीमा हालै आयोजित महिला र पुरुषको सौन्दर्य प्रतियोगितामा प्रिया धौवजन र प्रतीकरत्न तुलाधरले मिस एन्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९ को उपाधी चुमेका छन्।

पर्यटन, होटल तथा एयरलाइन्समा आबद्ध जनशक्तिलाई अझै सक्षम बनाई समग्र पर्यटन क्षेत्रमा टेवा पु¥याउने तथा भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्देश्यका साथ पूर्व मिस नेपाल सुगरिका केसीको शुभदिन मिडिया तथा रिसर्च सेन्टरको आयोजना र होटल एसोसिएसनको सहआयोजनामा दरबारमार्गस्थित होटल अन्नपूर्णमा सम्पन्न प्रतियोगितामा उनीहरू विजेता घोषित भएका हुन्।

पूर्व मिस नेपाल केसीको संयोजकत्वमा भएको प्रतियोगितामा पासाङ ल्हामु शेर्पा र फुर्पा शेर्पा फस्ट तथा अस्मिता सुनुवार र सञ्जय नेपाल सेकेन्ड रनर्सअप भए। प्रतियोगिताका विजेताले एक लाख पुरस्कार तथा विभिन्न सुविधा पाएका छन्। सृजना राना मुख्य निर्णायक रहेको प्रतियोगिताका लागि शरद प्रधान, भोलाबहादुर थापा, सनत न्यौपाने र डा. सन्ध्या चापागाईं निर्णायक रहेको प्रतियोगितामा ४९

प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट १२ छनोट गरी अन्तिम स्पर्धामा उत्कृष्ट ५ बाट विजेता घोषित गरिएको थियो। उत्कृष्ट ५ मा पुग्न सफल पुरुष र महिला प्रतिस्पर्धीलाई निर्णायक प्रश्न सोधिएको थियो। उत्कृष्ट जवाफ दिनेलाई विजेता घोषित गरिएको थियो।

करिब २ महिनाअघि शुरू भएको प्रतिस्पर्धात्मक कार्यक्रममा काठमाडौं र बाहिरका जिल्लामा होटल म्यानेजमेन्ट र हस्पिटालिटी पढाइ हुने र तालिम दिने विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी सहभागी थिए। कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यलाई कार्यक्रमले टेवा पु¥याउनेमा विश्वास व्यक्त गर्दै कार्यक्रम संयोजक पूर्व मिस नेपाल केसीले नेपाली मौलिकताको प्रवद्र्धनस“गै नेपाली पर्यटनक्षेत्रमै नया“ आयाम स्थापित गर्न कार्यक्रम गरिएको बताइन्।

शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालिले ४ वर्षदेखि युवा सचेतना, नेतृत्व विकास र सामाजिक न्यायको क्षेत्रमा काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्