गीतमा आयो रातो टीका निधारमा



गामी दशैंको अवसर पारेर असोज १० गतेदेखि अल नेपाल रिलिज हुने फिल्म रातो टीका निधारमाको पहिलो गीत मेरो माया के हो हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

यो रोमान्टिक गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र नवनायक अंकित शर्मालाई फिचरिङ गरिएको छ। निर्माता, निर्देशक तथा अभिनेता अशोक शर्माको निर्देशनमा निर्माणाधीन फिल्ममा उनकै पुत्र अंकित शर्मालाई नायकका रूपमा डेब्यु गराइएको छ। अंकित मलेसियाबाट फिल्म पढेर फर्केपछि यो फिल्मबाट नायकका रूपमा देखिन लागेका हुन्। गीत निशान भट्टराई र अश्मिता अधिकारीले गाएका छन् भने कल्याण सिंहले संगीत भरेका छन्। शब्द रचना रवि मल्लको रहेको छ। गीतको भिडियो वसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन्।

गीत सार्वजनिक कार्यक्रममा निर्माता निर्देशक अशोक शर्माले नेपाली हिन्दू धर्मावलम्बीका लागि दशैंमा रातो टीका खास हुने भएकाले यो फिल्म दशैंमै रिलिज गर्न लागिएको बताए। उनले फिल्मले दर्शकलाई छुने बताए भने अंकितले फिल्ममा सक्दो कोसिस गरेको बताए। त्यसै गरी सामाज्ञ्रीले रातो टीका निधारमामा काम गर्दा रमाइलो भइरहेको र यसलाई लिएर उत्साहित भएको बताइन्।

फिल्ममा अंकित र साम्राज्ञीस“गै नीता ढुंगाना, रवीन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, वसुन्धरा भुसाल, लक्ष्मी गिरी, अरूणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतले अभिनय गरेका छन्। एए ग्रुप अफ कम्पनिजको ब्यानरमा किरण शर्मा र कृति शर्माद्वारा निर्मित फिल्ममा शम्भुजित बा“स्कोटा र कल्याण सिंहको संगीत, वसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्