एलआईसीले लाभांश दिने



काठमाडौं, (नेस) ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)को १७औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले आव २०७४÷७५ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीलाई चुक्ता पु“जीको ७० प्रतिशत लाभांश पारित गरेको छ । जसअन्तर्गत ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५४ प्रतिशत नगद लाभांश रहेका छन् । आव २०७४÷७५ मा कम्पनीले १ लाख ३३ हजार ३०९ नया“ बीमालेख बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत २८८ करोड ८९ लाख रुपिया“ संकलन गर्न सफल भएको थियो ।

असार मसान्तसम्ममा यस कम्पनीमा कूल चालू बीमा लेखको संख्या ७ लाख ३४ हजार ६०८ र कूल जीवन बीमा कोषमा ४ हजार २२३ दशमलव ३४ करोड रुपिया“ संकलन भएको कम्पनीले जनाएको छ । आव २०७४÷७५ मा कम्पनीको कूल जीवन बीमा कोषमा २५ दशमलव ८५ प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा ९ दशमलव ७० प्रतिशत, लगानीतर्फ २१ दशमलव ७६ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा ५५ दशमलव ६७ प्रतिशतको वृद्धिदर रहेको थियो ।
आव २०७५÷०७६ मा कम्पनीले प्रथम बीमाशुल्क आर्जनमा ४६ दशमलव ३६ प्रतिशतको बृद्धिदरका साथ कूल बीमा शुल्क आर्जन १ हजार ३४१ दशमलव १७ करोड जम्मा गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्