सुजुकीले कार्गो भर्सन भित्रर्यायो



नेपाल समाचारपत्र, काठमाडौं

सुजुकी मोटर्सको आधिकारिक बिक्रेता सिजी होल्डिङ्सले इको भ्यानको सफलतापछि कार्गो भर्सन नेपाली बजारमा भित्राएको छ ।

इको कार्गोमा कम्पनीले ठूलो क्याविन स्पेस, उच्चतम भार वहन क्षमता तथा अझ बढी स्थिरताको लागि प्ल्याट वेड जस्ता विशेषताहरु दिएको छ । साथै कार्गोमा चालकको सहजतालाई मध्यनजर गर्दै कारको जस्तै सिट राखिएको छ ।

यस गाडीमा भारवहन क्षमता १.२ सीसी इन्जिन दिइएको छ । जसले सहजै ६२० किलो सहजै ढुवानी गर्न सक्छ । यसमा बलियो लोड डिस्पे्रसिङ च्यासिस, ड्राइभर र प्यासेन्जसको लागि सिट बेल्ट रिमान्डर तथा रिभर्स पार्किङ सेन्सर जस्ता सुरक्षित विशेषता दिईएको छ । यसले २० किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्छ ।नेपाली बजारमा इको कार्गोको मूल्य १२ लाख ९९ हजार रुपिया“ पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्