नेपाल टेलिकमको रोमिङ शुल्कमा छुट



काठमाडौं, (नेस) ।
नेपाल टेलिकमले ८७ वटा मुलुकका १ सय ९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीस“ग सहकार्य गरी ती देशमा जा“दा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । तीमध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकस“गको रोमिङ सेवा शुल्कमा एकैचोटी छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका जीएसएम मोबाइल ग्राहकका लागि उपलब्ध रोमिङ सेवामा यो सहुलियत प्रदान गरिएको हो ।
जीएसएम प्रिपेड मोबाइल सेवामा कार्यान्वयनमा आइसकेको अन्तर्राष्ट्रिय रोमिङ सुविधापश्चात भारतमा जा“दा नेपाललगायत जुनसुकै मुलुकबाट आएको आगमन कलको शुल्क प्रतिमिनेट करसहित जम्मा १४ रुपिया“ मात्र लाग्छ ।

यसैगरी भारतमा रह“दा उक्त सेवामार्फत नेपालमा वा भारतमा फोन गर्दा प्रतिमिनेट करसहित ३० रुपिया“ लाग्नेछ भने जम्मा २४ रुपिया“मा विश्वभर सन्देश पठाउन सकिनेछ । साथै निःशुल्क सन्देश पनि प्राप्त गर्न सकिनेछ । उत्तरी छिमेकी मुलुक चीनमा रहेका बेला नेपालमा फोन गर्दा प्रतिमिनेट ९० रुपिया“ र नेपाललगायत विश्वका जुनसकै मुलुकबाट आगमन कलको शुल्क प्रतिमिनेट ५३ रुपिया“ मात्र लाग्ने छ ।
यसैगरी चीनभरी जुनसुकै नम्बरमा (कम्पनीको जीएसएम प्रिपेड मोबाइलमा समेत) कुरा गर्दा प्रतिमिनेट ५० रुपिया“ र त्यहा“बाट विश्वभर जम्मा ५४ रुपिया“मा सन्देश पठाउन सकिनेछ । कम्पनीले जीएसएम पोष्टपेड मोबाइलमा रोमिङ सुविधा उपलब्ध गराउ“दा राखिने न्यूनतम धरौटी शुल्कलाई ३० हजारबाट घटाएर १० हजार रुपिया“ मात्र कायम गरेको छ ।

कम्पनीका जीएसएम प्रिपेड मोबाइल सेवा प्रयोगकर्ताले थप धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न सक्नेछन् । रोमिङ सुविधा लिएपछि नेपाल टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा गएको समयमा नेपाललगायत विश्वभरका मुलुकमा फोन गर्न, आएको फोन उठाउन, सन्देश पठाउन तथा प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थानीय मोबाइल अपरेटरका नम्बरमा पनि कुरा गर्न र सन्देश आदानप्रदान गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्