सामूहिक माछा पालनमा सक्रिय युवा



बुद्ध नेपाली, सिन्धुली ।
संघ, प्रदेश र स्थानीय सरकारले सामूहिक कृषि र पशुपालनल व्यवसायलाई जोड दिइरहेका बेला सिन्धुलीको गोलन्जोर गाउ“पालिकाका युवाले सामूहिक रुपमा व्यावसायिक माछापालन शुरु गरेका छन् ।
गोलन्जोर गाउ“पालिका–३ ग्वाल्टारका ६ जना युवाले निरन्तर कृषक समूह गठन गरी सामूहिक रुपमा व्यावसायिक माछापालन शुरु गरेका हुन् ।

अध्यक्ष ओमकुमार कार्की (गौरव), सचिव रामशरण कार्की, कोषाध्यक्ष उर्मिला थापा पौडेल , सदस्यहरु ध्रुव थापा, दुर्गा थापा कार्की र तिलक बहादुर भुजेलले निरन्तर कृषक समूह गठन गरी उनीले सामूहिक माछा पालन व्यवसाय शुरु गरेका छन् ।
गोलन्जोर गाउ“पालिका–३ ज्यामिरे फा“टमा १० रोपनी जग्गा भाडामा लिई ६ रोपनी जग्गामा ३ वटा पोखरी निर्माण गरी माछा पालन शुरु गरेको समूहका अध्यक्ष ओमकुमार कार्कीले बताउनुभयो । ‘हाम्रो पोखरीमा लगभग ६८ सय भुरा माछा हालेका छौं । त्यसमा २० प्रतिशत ह्रास कट्टी गर्दा पनि ५६ सय माछा बिक्री गर्छौ भन्ने लक्ष्य छ,’ उहा“ले भन्नुभयो ।

पोखरीमा सिल्भरग्राफ, रहु, नैनी र कमनक्राफ्ट गरी चार जातका माछा हालिएको उहा“ले बताउनुभयो ।
केही माछा यस वर्षको दशंै अगाडि नै बजारमा पु¥याउने उद्देश्यका साथ पुस महिनामा तयार भएका भुरा माछा ल्याएर पोखरीमा हालेको अध्यक्ष कार्कीले जनाउनुभयो । विपी राजमार्ग र मध्य पहाडी लोकमार्ग सञ्चालन भएस“गै ग्वाल्टार, खुर्कोट, खाल्टे, मुल्कोट, नेपालथोक लगायत यस सडक आसपास अहिले सयौंको संख्यामा होटल सञ्चालन भएका छन् ।

यस्ता होटलले तराईदेखि भारतसम्मबाट ल्याएको माछा खुवाउने गर्छन् । उहा“ले भन्नुभयो–‘स्थानीय बजारमा भारतदेखि ल्याएको विषादीयुक्त माछा हामीले खाइरहेका छौं । त्यसलाई नै मध्यजनर गर्दै सुनकोशी नदी, महाभारतको स्वच्छ पानीमा हुर्केका स्वस्थ र ताजा माछा सर्वसाधारणको चुलोमा पु¥याउने सोच छ ।’ पोखरीको जम्मा क्षमता २१ सय ठुला माछा अट्ने भएकाले मंसिरसम्ममा ठूला माछा छानेर बेचेर ५६ सय माछालाई २१ सयमा झार्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

समूहले माछा पालन व्यवसाय शुरु गर्न ६ जना सदस्यबाट ६०÷६० हजारका दरले लगानी लगाएका छन् । त्यस्तै गोलन्जोर गाउ“पालिकाले साढे १० लाख अनुदान दिएको छ । लगानी अनुसार माछापालनबाट वार्षिक ६÷७ लाख रुपिया“भन्दा बढी आम्दानी लिन सकिन्छ कि भन्ने अपेक्षा गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्