तक्माका दावेदार



पीएम ओलीलाई जति बुझ्यो उति बुझ्न गाह्रो । सँधै विदेशबाट फर्किदा विमानस्थलमा सञ्चारमाध्यमलाई ब्रिफिङ गर्ने, पत्रकारका प्रश्नलाई कुटनीतिक शैलीका जवाफ फर्काउन माहिर ओली यसपटक फरक देखिए । पत्रकारसँग बोल्न चाहेनन् ।

त्यति मात्रै होइन, ओलीले विमानस्थलको अति विशिष्ठ कक्षमा सेनाले दिने सलामी पनि लिन मानेनन् । सेनाको सलामी नलिने भन्या पुरानो शैलीमा सलामी लिन्न, पुरानो शैली भङ गरेर मलाई अझै विशिष्ठ शैलीको सलामी देऊ भन्या हो कि ? तर उनले आफ्नो स्वागतका लागि पुगेका मन्त्री, नेता अन्य शुभेच्छुकको सलाम भने स्वादले लिए, निधक्क लिए ।

नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका ओलीले उपचार खर्च आफैंले तिर्ने, राज्यको ढुकुटी नखर्चने भन्ने कुरो पनि एक कान दुईकान मैदान भा’छ । उनको कुरो ठिकै हो, तर उपचार खर्च आफन्त, टाढैका भएपनि शुभेच्छुकले तिर्न मरिहत्ते गर्छ भने ?

धरहराको ठहर छ–यसपटकको ओलीको उपचार खर्च यस्तै पात्रले तिरेर राज्यको बोझ घटाएका छन् । यसबापत त्यस्ता पात्रको बायोडाटा सरकारले विभिन्न शीर्षकमा प्रदान गर्ने तक्माका लागि दावेदार भइसक्या छ ।

प्रतिक्रिया दिनुहोस्