गोली चलाउने युवकलाई अदालतमा पेश गरियो



ओस्लो, (एजेनसी) ।
केहि दिन अघिमात्र नर्वोको राजधानी ओस्लो स्थित एउटा मस्जिदमा अन्धाधुन्ध गोली चलाउने २१ वर्षिय नेर्वेली युवकलाई सोमवार ओस्लोको एक अदालतमा पेश गरिएको स्थानिय संचार माध्यमले जनाएको छ ।

फिलिप मान्साउस नामक उनको अनुहार र घाँटीमा निलदाम र चोटपटकका निशान देखिन्छ । उनी विरुद्ध हत्या प्रयास लगायत आफ्नी सौतेनी बहिनीको हत्या गरेको अभियोग लगाइएको छ ।

सरकारी वकिलहरुले उनलाई थप अनुसनधानका लागि अर्को चार साता हिरासतमा राख्ने उपाय खोजिरहेका छन् । सारा ढोका बन्द गरी अदालतमा न्यायधिश समक्ष उनका मुद्धा शुरु गरिँदा फोटो ग्राफरहरु सामु उनले मुस्कुराएर पोज दिएका थिए ।
मान्साउसलाई शनिवार ओस्लो देखि पश्चिममा पर्ने बाएरममा अल–नूर इस्लामिक सेन्टरमा गोली चलाइएको अवस्थामा सुरक्षाकर्मिले पक्राउ गरेको थियो । सो घटनाको केहि समय पछि प्रहरीले नै बाएरम स्थित उनक ैनिवासमा उनक्ी सत्र वर्षिया सौतेनी बहिनीको शव फेला पारेको थियो ।

उनले आक्रमण गर्दा मस्दिमा तीनजना व्यक्तिको उपस्थिती रहेको थियो तिनीहरु मध्ये एकजनाले उनलाई नियन्त्रणमा लिँदा उनी सामान्य घाइते भएक थिए । मस्दिका निर्देशकले उनी हेल्मेट र शरिलाई प्रतिरक्षा दिने खालका पोशाक लगाएर थुपै्र अत्याधुनिक एवं घातक हतियार सहित मस्जिदमा प्रवेश गरेको बताएक छन् ।

उनले त्यहाँ थुप्रै गोली चलाए पनि कोहि गम्भीर रुपमा घाइते हुन नपाएको पनि उनले बताएका छन् । घटनाकोबेला मस्जिदमा रहेका ६५ वर्षिय अवकाश प्राप्त पाकिस्तानी वायु सैनिक अधिकारी मोहमद रफिकले उनलाई भुँइमा लडाएर उनको हतियार खोस्न सफल भएक थिए ।
उनको यस साहसिक कार्यको सर्वत्र प्रशंसा भइरहेको छ । अदालतमा सरकारी वकिलहरुले उनलाई कसैलाई भेट्न नपाउने गरी थप चार साता हरिासतमा राखे अनुसन्धान गर्न र पत्रकारहरुको सम्पर्कबाट टाढै राख्न पाउँ भनी न्यायधिश समक्ष अनुरोध गरेका थिए । उनका प्रतिवादी वकिल उन्नी फ्राइजले भने उनले आपराधि अभियोग अस्विकार गरेको तथा अनुसनधानकर्ताहरुसंग नबोलेको दावी गरेका छन् ।
प्रहरीले भने उनी कटर दक्षिणपन्थि तथा आप्रवासी विरोधी विचारधाराका व्यक्ति भएके बताएको छ ।

प्रतिक्रिया दिनुहोस्