वाटर पार्कमा सतर्क रहनु पर्ने डाक्टरी सल्लाह



लन्डन, (एजेन्सी) ।
वेलायतका मेरुदण्डका एक सर्जनले रमाइलोसंग बिदा मनाउने क्रममा वाटर पार्कहरुमा कम गहिराई भएका पानीय क्षेत्रमा डाइभ गर्दा हुनसक्ने थुप्रै खतरा प्रति सचेत रहन सम्बन्धित समपूर्ण सरोकारवालाहरुलाई आब्हान गरेका छन् ।
वेलायतको युनिभर्सिटी अफ साउथाम्पटनका डाक्टर इवान डेविसले एकछिनको रमाइलोका लागि गरिने पागलपनाको कारण गम्भीर घाइते भएर पक्षघात हुने तथा मृत्यु हुने सम्मका स्थित िनिम्तिन सकने बताएका छन् ।

उनले हालै क्रयसियाको हिडन रक्समा डाइभ हान्ने एकजना ढाड भाँचिएका बिरामीको शल्यक्रिया गरेको हुन् । यसैगरी अर्का एकजना पुरुषले स्पेनमा वाटर स्लाइडमा रमाउने क्रममा घाँटीको हडी भाँच्न पुगेका छन् । गत ८ जुलाईमा बेनिडोर्मको एक्वालान्डियामा स्प्लास राइडको पिंधमा ठोकिएर २३ वर्षिय डेविड ब्रिफाउट बेहोश भएका थिए ।

उनको चोटको हिसाबले उनी पक्षघातबाट पिडित पनि हुन सक्थे । डा. डेविसले एक क्षणको घटनाले जीवन नै नराम्ररी परिवर्तित हुनसक्ने भन्द ैसबैलाई विदा मनाउादा सतर्क रहने सल्लाह दिएका छन् । उनले मुलुकै पिच्छे वाटर पार्कहरुको सुरक्षा तथा अनुगमनको व्यवस्था र तिनीहरुसंग सम्बन्धीत कानुन फरक हुने भएकले त्यसता स्थानमा जानु अघि शंका भएमा नजानु न ैवेश हुने बताएका छन् । उनले कहिलेकाहिा यस्ता चोटहरुको पूर्ण रुपमा उपचार हुन नसकने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्