भारतीय विदेशमन्त्री चीनमा, शान्ति र स्थायित्वका लागि अपिल



बेइजिंग (एजेन्सी) ।
काश्मिर मामिलामा भारत र पाकिस्तानबीच जारी तनावलार्य लिएर चीनले शान्तिको अपिल गरेको छ । भारतिय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वांग यीले कुनै पनि द्विपक्षिय मतभेद विवादको कारण बन्न नहुने बताए ।
भारत र पाकिस्तानबीच जारी तनावलाई आफुले नजिकबाट निगरानी गरिरहेको चीनले जनाएको छ । भारतले यस मुद्दामा सकारात्मक प्रयास थाल्ने अपेक्षा पनि चीनले गरेको जनाएको छ ।

चीनको यो बयानलाई सन्तुलित भएको सताइएको छ । काश्मिर मुद्दालाई लिएर हालै मात्र पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसी चीन भ्रमण गरेको थिए । काश्मिरलाई विशेष दर्जा दिइरहेको संवैधानिक ब्यवस्था अनुच्छेद ३७० भारतले हटाएपछि चीनका तर्फबाट कडा बयान आउने अपेक्षा गरिएको थियो ।

आप्mनो यात्रामा विदेशमन्त्री एस. जयशंकरले चिनिया विदेशमन्त्री वांग यी लगायत उपराष्ट्र्रपति वांग किसानसँग पनि भेटवार्ता गरे । त्यसपछि दुबै देशबीच प्रतिनिधिमन्डल स्तरको वार्ता पनि भए । लामो समय देखि चीनमा राजदुत रहेका एस जयशंकरलाई स्वागत गर्दै वांग यीले भारत र चीनको क्षेत्रिय शान्ति तथा स्थिरतामा महत्वपुर्ण योगदान हुनु पर्छ ।

वांगले भने ( भारत र पाकिस्तानबीच तनावको विषयमा हाम्रो नजिकबाट निगरानी रहेको छ । हामी भारत पनि शान्ति र स्थिरतालाई ध्यानमा राख्दै सकारात्मक कदम उठाउने छ भन्ने अपैक्षा गर्दछौं । जम्मु काश्मिरबाट आर्टिकल ३७० हटाएपछि मोदी क्याबिनेटका कुनै मन्त्रीले गरको पहिलो चीन भ्रमण हो । भारतले जम्मु काश्मिरलाई दुई केन्द्र शासित प्रदेशमा विभाजन गर्ने फैसला लिएको थियो ।
जयशंकरले विदेश सेवामा रहने क्रममा चीनमा धेरै समय विताएका थिए । वांगले चाँदै नै भारत चीनका दुई शिर्ष नेताबीच अनौपचारिक शिखर वार्ताको तयारी हुने संकेत दिए ।

ब्यापारिक असन्तुलनलाई लिएर भारतको चिन्तालाई आफुले बुझेको चिनिया विदेशमन्त्रीले बताए । चीन भारतकको निर्यातमा सुविधान दिन तयार रहेको उनले थपे । यो सँगै चीन लगानी, औद्योगिक उत्पादन, पर्यटन, सीमा ब्यापार तथा अन्य क्षेत्रमा सहयोगका लागि तत्पर रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्