दृष्टिविहीनलाई सहयोग गर्न दाङमा तीज रमझम कार्यक्रम हुँदै



प्रदिप विवश भण्डारी, दाङ ।
मिडिया नेपाल दाङको आयोजनामा दाङको तुलसपिुरमा तीज रामझम कार्यक्रम हुने भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीज विशेष कार्यक्रम तुलसीपुरको अरनीको मैदानमा भदौ ६ र ७ गते हुन लागेको हो ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजक टीमले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा गायक तथा मोडेल दुर्गेस थापा, गायक चन्द्र शर्मा, लोकदोहोरी गायिका टीका सानू, यज्ञ वीक, विशाल रायमाझीलगायतका कलाकारहरुको प्रस्तुती रहेने छ ।

कार्यक्रमबाट आएको केहि प्रतिशत पैसा सामाजिक उत्तरदायित्व बहन गर्दै दृष्टि बिहिन परिवारलाई सहयोग गर्ने मिडिया नेपाल दाङका अध्यक्ष तेज वलीले जानकारी दिनुभयो । उहाँक अनुसार कार्यक्रमबाट उठेको रकम मध्य १० प्रतिशत रकम रक्षाचौरमा रहेका एउटै परिवारका पाँच जना दृष्टिविहीन रुपा गन्दर्भका परिवारलाई सहयोग गर्ने लक्ष्य रहेको छ ।
दंगाली युवाहरुले यो सह्रारनीय काम गर्न लागेको तुलसीपुरवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्