प्रदेशका– १ सय १९ वटै स्थानीय तहमा नर्स



हेटौंडा ।
प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशका सबै एक सय १९ वटा स्थानीय तहमा छिटै ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम लागु गरिने बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा एक विद्यालय–एक नर्स सम्बन्धी स्थानीय तहस“गको समन्वय तथा अभिमुखीकरणको हेटौंडामा उद्घाटन गर्दै उहाँले एक सय १९ वटै स्थानीय तहमा नर्स राख्न विज्ञापन खुलाउने तयारी गरिएको बताउनुभएको हो । कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार लागिपरेको उहाँको भनाइ छ । सबैस“गको छलफलबाट नर्स राखिने भएकोले केही ढिलाइ भएको उहाँले बताउनुभयो ।

हाल विद्यालयमा लागु भएका नर्स कार्यक्रम प्रभावकारी भएकोले चालु आर्थिक वर्षमा थप गर्न लागिएको हो । सबै स्थानीय तहको दबाब हुने हो भने प्रदेशका सबै सरकारी विद्यालयमा ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम लागु गरिने उहाँले बताउनुभयो ।

हालको अवस्थामा निजी विद्यालयले अनिवार्यरुपमा नर्स आफंै राख्ने र सामुदायिक विद्यालयमा नर्स प्रदेश सरकारले उपलब्ध गराउने उहाँको भनाइ छ ।

मन्त्रालयका निमित्त सचिव दीपेन्द्र सुबेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रदेश स्वास्थ्य निर्देशनालय, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलगायतले ‘एक विद्यालय–एक नर्स’ कार्यक्रम प्रभावकारी भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्