ताराको तीज गीत सार्वजनिक



गीतकार तारा अधिकारीको तीज गीत आऊ संगी सार्वजनिक गरिएको छ। निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत छ। सुमन केसीको संगीत संयोजनमा तयार भएको गीतको म्युजिक भिडियोमा सागर लोप्चन, दीपशिखा अधिकारीलगायतले कम्मर मर्काएका छन्।

भिडियोको छायांकन रामेश्वर हुमागाईंले गरेका छन्। सीता राईको कोरियाग्राफी रहेको भिडियोमा सम्पादन नहकुल खड्काको छ। तारा अधिकारीले यसभन्दा अघि आधुनिक गीतमा कलम चलाउँदै आएकी थिइन्। उनी चाँडै नै आधुनिक गीतको एल्बम बजारमा ल्याउने तयारीमा छिन्।

प्रतिक्रिया दिनुहोस्