उत्तर कोरियाद्वरा दुई क्षेप्यास्त्र परीक्षण



सोल (एजेन्स) ।
उत्तर कोरियाकाले समुद्रमा दुई क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । विगत केही हप्तामा उत्तर कोरियाका तर्फबाट परिक्षण गरिएको पाँचौं क्षेप्यास्त्र हो ।

दक्षिण कोरियाका सेनाले उक्त क्षेप्यास्त्र कम दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र भएको बताएको छ । यदि यो तथ्य पुष्टि भएमा यो परिक्षणले संयुक्त राष्ट्र् सुरक्षा परिषदका प्रस्तावको उलंघन हुनेछ ।
यस परिक्षणका केही समय अगाडी अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्म्पले आफुे उत्तर कोरियाली नेता किम जोंग उनका तर्फबाट एक अत्यन्त राम्रो पत्र प्राप्त भएको बताएका थिए ।
अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्रम्पले उत्तर कोरियाका शिर्ष नेता किम जोंग उन, अमेरिका दक्षिण कोरियाको हाल भइरहेको सैन्य अभ्यासलाई लिएर खुसी नभएको बताए ।

ती दुबै क्षेप्यास्त्र ह्यामयोंग प्रान्तको पुर्वी सहर हमहुंग नजिक प्रक्षेपण गरिएको र यो पुर्वी कोरियाली प्रायद्विपको जापान सागमा खसेको थियो । ती क्षेप्यास्त्र विहान स्थानिय समय करिब साढे ५ प्रतिशत र ५ बजेर ५० मिनेटमा प्रक्षेपण गरिएको थियो । ती दुबैले करिब ४ सय किलोमिटर दुरी तय गरेका थिए ।

दक्षिण कोरियाली सेनाको एक विज्ञप्तीमा क्षेप्यास्त्र माक ६ दशमलव १ तुलनामा अत्यन्तै तिब्र गतिमा अधिकतम ४८ किलोमिटरको उचाई सम्म पुगेको थियो ।

गत जुनमा अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्म्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता भएको थियो । जसमा परमाणु निरस्त्रीकरण सम्झौताको मुद्दा पुन सुरु गर्ने विषयमा चर्चा भएको थियो तर त्यसपछि उत्तर कोरिया लगातार एकपछि एक क्षेप्यास्त्र तथा रकेटको परीक्षण गरिरहेको छ ।

क्षेप्यास्त्र परिक्षण केही समय अगाडी अमेरिकी राष्टपतिले एक पत्रको उल्लेख गरेका थिए । किमले आफुलाई एक अत्यन्तै राम्रो चिठी लेखेको ट्र्म्पले जानकारी दिएका थिए । ह्वाइट हाउसमा पत्रकारहरुसँगको साक्षात्कारमा ट्र्रम्पले पत्र अत्यन्तै सकारात्मक भएको बताएका थिए ।

उनले भने ( मलाई लाग्छ, हामी फेरी एक पटक भेट्नेछौं । उनले तीन पृष्ठको साँच्चीकै राम्रो चिठी लेखेका छन्  । मेरो अर्थ उक्त चिठी सुरु देखि अन्तसम्मै अत्यन्तै राम्रो थियो ।
उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई लिएर असन्तुष्टी ब्यक्त गरेका थिए ।

यद्यपी मुख्य सैन्य अभ्यास अगस्ट ११ बाट सुरु हुने छ तर विस्तारै विस्तारै महत्वपुर्ण तयारी शुरु भइसकेको छ । यो संयुक्त सैन्य अभ्यासको मुख्य रुप कम्प्युटर सिम्युलेटेड हुनेछ ।
यो सैन्य अभ्यार अमेरिका र दक्षिण कोरियाबीच विगत अभ्यासका तुलनामा कम महत्वपुर्ण मानिएको छ । तर उत्तर कोरियाले यसलाई उक्साउने खालको कारवाही भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्