सोनिया गान्धी कंग्रेस पार्टीको अन्तरिम अध्यक्ष



नयाँदिल्ली, (एजेन्सी) ।
भारतको राजनीतिक वृत्तमा अचानक नाटकिय ढंगले देखापेको परिवर्तित घटनाक्रमसंगै शनिवार राति अवेर कंग्रेसका पुर्व अध्यक्ष सोनिया गान्धीलाई सो पार्टीको अन्तरिम अध्यक्ष नियुक्त गरिएको छ । दुई महिना भन्दा लामो समयको अनिश्चिततापछि उनको नियुक्ति भएको हो ।

गत २५ मेमा राहुल गान्धीले राजिनामा दिए पश्चात सो पद खाली भएको हो । लामो समय सम्म पार्टी अध्यक्षको अनुभव संगालेकी सोनियाले यसै वर्षको शुरुमा भएको लोकसभामा प्रधानमन्त्री नरेन्द« मोदीको भारतिय जनता पार्टीसंग कंग्रेस नराम्ररी पराजित भएयता पार्टीको जिम्मेवारी समहाल्न लागेकी हुन् । लोकसभा चुनावमा कंग्रसको यो लगातार दोश्रो पराजय हो ।

पार्टी भित्रै कुनै पनि गान्धी परिवार बाहिरका व्यक्तिलाई अध्यक्ष बनाउन सहमति हुन नसकनु तथा आफुले अध्यक्ष पदबाट राजिनामा दिएपछि राहुल गान्धीले पार्टीको उच्च स्तरिय नेतृत्वलाई भावी नेता आफ्नो परविार बाहिरका हुनु पर्ने बताएका कारण पनि सोनियाको चयनलाई राजनीतिक विशलेषकहरुले महत्वपूर्ण ढंगले हेरका छन् ।

पार्टीको गोप्य तथा महत्वपूर्ण बैठक सकिएपछि कंग्रेसका महासचिव के सि वेनुगोपालले पत्रकारहरुलाई बताएका छन् , ‘ अखिल भारतिय कंग्रेस समिती ( एआइसिसि) ले नियमित अध्यक्षको चुनाव कार्य पूरा गरि नसेकाले पार्टीको केन्दि«य कार्य समिती ( सिडब्ल्युसि ) ले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनिदिन अनुरोध गर्नेबारे सर्वसम्मतमा निर्णय गरेको हो ।

उनले एआइसिसिले नयाँ अध्यक्ष नचुनेको अवस्थामा कंग्रेसको विधान अनुसार अन्तरिक अध्यक्ष नियुक्त गर्न सिडब्ल्युसिसंग अधिकार भएको पनि बताएका छन् । कंग्ेसका प्रमुख प्रवक्ता रणदिप सिंह सुर्जेवालाले सिडब्ल्युसिका सदस्यहरुले अनुभवी सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाउन कसरी सलला दिए भन्नेबारेमा स्पष्ट पारेका छन् ।

सिडब्ल्युसिको बैठकमा सहागिता जनाएका एकजना वरिष्ठ नेताले नाम नखुलाउने शर्तमा भनेका छन् , ‘ सम्पूर्ण पाँचैवटा क्षेत्रमा आधारित समुहले सर्वसम्मतले राहुल गान्धीलाई नै अध्यक्षतामा निरन्तरता दिइनुपर्नेबारे सहमति भएको थियो ।

हाल जारी रहेको जमु तथा काशिमरको समस्याबारे छलफल गर्न करिव एक घन्टा सो बैठकमा सहभागि हुन आइपुगेका राहुल गान्धीलाई केहि सदस्यहरुले सिडब्ल्युसिको दृष्किोणबारे जानकारी गराएका थिए ।

त्यसपछि राहुले बैठक कक्षबाट बाहिरिए । वेनुगोपालले पटकपटक राहुलले आफ्नो अडान नत्याग्ने कुरा दोह¥याए । पुन छलफल जारी रहयो । अन्तत राहुल गान्धीले आफ्नो निर्णय नबदल्ने यकिन गरियो । त्यहिवेला एकजना वरिष्ठ नेताले सोनिया गान्धीके नाम प्रस्तावित गरे ।
त्यसलाई तत्कालै एकजना पूर्व संघिय मन्त्री र त्यहाँ उपस्थित अन्य सबैले समर्थन गरे । दोश्रो चरणको वार्तामा केहि नेताहरुले प्रियन्का गान्धी वाद«ाको नाम पनि अघिसारेका थिए । तर सोनिया गान्धी प्रति नै सहमति बढ्दै गयो । शुरुमा त सोनियाले पनि अनिच्छा जाहेर गरेकी थिइन् । तर पछि उनी सहमत भइन् । ’

सोनियाका पति तथा भारतका पुर्व प्रधानमन्त्रीको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्