मस्जिदमा हमला



ओस्लो, (एजेन्सी) ।
नर्वेको एउटा मस्जिदमा भएके गोलीकाण्ड पछाडि आतंकवादको हात छ वा छैन भन्नेबारे आवश्यक छानविन भइरहेको प्रहरीले जनाएको छ । एकजना बन्दुकधारीले शनिवार राजधानी ओस्लो नजिकको अल– नूर इस्लामिक सेन्टरमा गोली प्रहार गरेका थिए ।

मस्जिदमै रहेका एकजना मानिसले उनलाई नियनत्रणमा लिने क्रममा उनी सामान्य घाइते भएका छन् । ति आशंकित व्यक्तिको घरमा पछि प्रहरीले एकजना अज्ञात महिलाका ेलाश वरामद गरेको छ । प्रहरीले ति महिला आक्रमणकारीसंग परिचित रहेको ठोकुवा गरेको स्थानिय संचार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्