काश्मिर पुनर्गठन प्रकरणः विश्वभर भारतीय उच्चायोग अगाडि विरोध प्रदर्शन गर्न कुरैसीको आह्वान



इस्लामाबाद (एजेन्सी) ।
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले विदेशमा रहेका पाकिस्तानहरुलाई भारतिय गणतन्त्र दिवस अगस्ट १५ मा विश्वभरका भारतिय उच्चायोग अगाडी विरोध प्रदर्शन गर्न आह्वान गरेका छन् ।

भारत अधिनष्ठ काश्मिरमा गैरकानुनी, बर्ब र बलपुर्वक कब्जा विरुद्ध आफनो विरोध जनाउन आह्वान गर्दै कुरैसीले ट्विट गरेका छन् ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले एक ट्विटमा नाजी विचारधारासँग मेल खाने आरएसएसका विचारधाराबाट डराएको उल्लेख गरेका थिए ।

इमरानले ट्विटमा लेखेका छन्– भारतको अधिनमा रहेको काश्मिरमा कफ्र्यु, दमन र नरसंहारको स्थिति दुरुस्त आरएसएसको विचारधारा अनुरुप छन्, जुन नाजी विचारबाट प्रेरित छ । जातिय नरसंहारका माध्यमबाट काश्मिरको जनसंख्या स्वरुप परिवर्तनको प्रयास भइरहेको छ । प्रश्न केहो भने विश्वले त्यसलाई मुक दर्शक भएर हेर्छ, जस्तो हिटलरको समयमा भएको थियो ।

अर्को एक ट्विटमा इमरानले लेखेकाछन्, म आरएसएसको हिन्दु श्रेष्ठताको विचारधारबाट डराएको छु , किनभने यो नाजी आर्यन श्रेष्ठता जस्तै हो । यसलाई भारतको कब्जामा रहेको काश्मिरमा रोक्नु पर्छ, होइन भने यसबाट भारतमा मुस्लिमहरुको दमन बढ्नेछ र अन्तमा पाकिस्तान निसाना बन्नेछ । हिन्दु श्रेष्ठता हिटलरतन्त्रको नै संस्करण हो ।


गत शुक्रबार कफ्र्युका बावजुद श्रीनगर लगायत काश्मिर घाटीका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएको छ । श्रीनगर नजिकै भएको एक विरोध प्रदर्शनमा १० हजार भन्दा बढी प्रदर्शनकारीहरु भएको पाकिस्तानी सन्चार माध्यमले दावी गरेको छ । उक्त प्रर्दशनमा भारतिय सुरक्षा बलले अश्रु ग्यास र प्यालेट गोली प्रहार गरेको बताइएको छ । प्रहरीको गोली प्रहारबाट तीन जनाको मृत्यु र अन्य कयौं घाइते भएको सन्चार माध्यमहरुले दावी गरेका छन् ।

पाकिस्तानलाई सहयोग गर्ने चीनको आश्वासन
भारत प्रसासित काश्मिरको विशेष राज्यको दर्जा हताई दुई प्रदेश विभाजन गर्ने भारत सरकारको कारवाही विरुद्ध पाकिस्तानले अन्तर्राष्ट्र्यि समर्थन जुटाउने प्रयास गरिरहेको छ ।
यसै क्रममा पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसी चीन पुगेको र उनले चीनका विदेश मत्ती वांग यीसँग भेटवार्ता गरेका छन् ।

लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएकोमा चीनको पनि यस फैसलामा असन्तुष्टी रहेको छ । निर्णय प्रति आफनो आपत्ती भारत समक्ष पठाइसकेको छ ।
पाकिस्तानका विदेश मन्त्रीले चीनका विदेश मन्त्रीसँगको भेटवातापछि भारतको आक्रामक ब्यवहारले पुरै क्षेत्रका नगरिकालाई खतरामा पुर्याएको तथ्यलाई चीनले पनि स्विकारेको बताए ।
उनले चीनबाट पाकिस्तानलाई सहयोगर र प्रतिबद्धताको आश्वासन पाएको ट्विटमा उल्लेख गरेका छन् । यसअघि चीनले एक विज्ञप्ती जारी गरी काश्मिर मुद्दामा भारत र पाकिस्तानलाई संयम अपनाउन अपिल गरेको थियो ।

चीनले यथास्थितिलाई परिवर्तन गर्ने खालका कुनै एकतर्फी कार्य गर्न दुबै पक्ष बच्नु पर्ने जनाएको यियो ।
तालिबानको प्रतिक्रिया
अफगान तालिबान प्रवक्ताले एक विज्ञप्ती जारी गरी काश्मिरबाट अनुच्छेद ३७० हटाउने भारत सरकारको निर्णयमा गहिरो दुख ब्यक्त गरेको छ । भारत पाकिस्तान दुबैलाइ हिँसाबाट बच्नका लागि आवश्यक कदम उठाउन अपिल पनि गरको छ ।

अफगान तालिबानले आफनो बयानमा भनेको छ , भारतले काश्मिरको स्वायत्त दर्जा फिर्ता लिएको छ र त्यहाँ अतिरिक्त सुरक्षा बल पठाएको छ । आपतकालिन स्थिति जस्तो अवस्था छ र त्यहाँका मुस्लिम आबादीका लागि कठिनाई उत्पन्न भइरहेको छ ।

काश्मिरी जनताका हक हनन गर्न नुहने विज्ञप्तीमा जोड दिइएको छ । तालिबानी प्रवक्ता जुबीउल्लाह मुजाहिदका तर्फबाट जारी गरिएको बयानमा केही पक्षका तर्फकाट काश्मिर मुद्दालाई आपगानिस्तानसँग जोड्नुले समस्याको समाधान नहुने बताउँदै अफगानिस्तानको मुद्दा यसमा नजोडिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्