एउटा विमानस्थलले कमाएर सबै विमानस्थललाई पु-याउनुपर्छ



राजकुमार क्षेत्री
महाप्रबन्धक- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुधारको चरणमा रहेको छ । भ्रमण वर्ष २०२० लाई सफल बनाउन यसको स्तरोन्नती गरि“दै छ । पर्यटन क्षेत्रमा विमानस्थलको विषयलाई लिएर धेरै चिन्ता गरिने गरिन्छ ।

वास्तवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थिति के छ ? सुधारका प्रयासहरु के भइरहेका छन् भन्नेलगायतका विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीस“ग नेपाल समाचारपत्रले गरेको कुराकानी:

विमानस्थलको व्यवस्थापनलाई लिएर आलोचना भइरहेको छ, वास्तवमा नेपालको विमानस्थल कस्तो छ ?
सम्पूर्ण विषयमा फेल भएको विद्यार्थीले पास मार्क मात्र ल्याएर भए पनि पास हुन्छ भने बाबुआमालाई मेरो सन्तानले राम्रो ग¥यो भन्ने लाग्छ । यदी हाम्रो विमानस्थललाई दुबई, न्युयोर्क, चीनका विमानस्थलस“ग तुलना गरेमा भने हामी धेरै कमजोर छौं । तर, हामीस“ग भएको स्रोत साधनलाई हेर्दा हिजोको भन्दा आज हामी अगाडि बढिरहेका छौं ।

एक जना व्यवसायी जो त्रिभुवन विमानस्थलबाट बारम्बार आवत जावत गरिरहनुहुन्छ, उहा“ मेरो मित्र पनि होइन र धेरै चिनजान भएको पनि छैन, उहा“ले मलाई भन्नुभयो–‘राजकुमार सर धेरै कुरा त मलाई थाहा छैन तर विगतभन्दा अहिले काठमाडौंमा पनि केही त छ है“ भन्ने बनाउनु भएको छ । विमानस्थललाई युनिक बनाउनु भएको छ ।’ मैले भने–‘कतै मलाई देखेर प्रशंसा त गर्नुभएको होइन । कि मलाई उडाउनु भएको हो ।’ उहा“ले भन्नुभयो–‘म धेरै विदेश घुमिरहन्छु । हाम्रो विमानस्थलबाट म हि“ड्न थालेको वर्षौं भयो । हिजोसम्म विमानस्थलमा बस्नलाई कुर्सीको अभाव थियो । ट्याइलेट गनाएर युज गर्नै नसकिने थियो । जहा“ त्यहँ“ पान खाएर थुकेको देखिन्थ्यो । एयर कुलि सिस्टम नभएर पंखा घुमेको हुन्थ्यो ।

विदेशीहरुले नेपाल त युनिक छ, विमानस्थल किन यस्तो भनेको कतिपटक मेरै कानले सुनेको छु । ति कुराहरु त तपाईंले म्यानेज गरिदिनु भएको छ । त्यस्तै संसारका अन्य देशमा जस्तै हाम्रो संस्कृति झल्काउ“दै वेलकम टु नेपाल राख्नु भएको छ, त्यो एकदमै सामान्य कुरा हो । त्यसले म जस्तो नेपालीको त मन जित्यो भने विदेशीलाई पनि कति आकर्षण गर्छ होला । तपार्इंले गैंडाको सिम्बोल राख्नु भएको छ । अहिलेसम्म एक सिंगे गैडा नेपालमा मात्र पाइन्छ । त्यो कुरा देखाउन खोज्नु भएको हो भन्ने बुझाएको छ । यस्ता कुराले गर्दा तपाईले एकदमै राम्रो गर्दै हुनुहुन्छ ।’ भन्नुभयो ।

यी कुराले मलाई अगाडि बढ्न मद्दत गर्छ । हामीस“ग स्रोत एकदमै कम छ । गत वर्ष विमानस्थल स्तरोन्नती भनेर डेढ करोड बजेट विनियोजन गरिएको थियो । पूरा विमानस्थल जहा“ आर्मी, पुलिस, कस्टम, रनवे इत्यादि सम्पूर्ण कुराहरु डेढ करोडभित्र रहेर हामीले स्तरोन्नती गर्नुपर्छ । यो कसरी सम्भव हुन्छ ? यसो भनेर मैले दोष दिन खोजेको होइन । हामीस“ग स्रोत साधन पनि छैन । एउटा विमानस्थलले कमाएर सबै विमानस्थललाई पु¥याउनुपर्छ । हामीले २÷२ वटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउ“दै छौं । त्यो खर्च पनि प्राधिकरण कै हो । हामी १ हजार ६४ जना स्थायी कर्मचारी छौं । ७÷८ सय जना अस्थायी कर्मचारी छौं । सबैको तलब पनि विमानस्थलको कमाईबाट नै हुने हो ।

हामीले जुन लगानी लिएका छौं, त्यसको ब्याज पनि यसैबाट हुन्छ । त्यसकारण मैले त्यसलाई अन्यथा पनि लि“दैन । एउटा भनाइ छ ‘घा“टी हेरी हाड निल्नु पर्छ’ यो कुरालाई हेक्का राखेर सानो कुराबाट हामीले काम शुरु गरेका हौं । तर, शुरुवात हामीले शौचालयबाट गरेका हौं । आज तपाई शौचालयमा शौच त ढुक्कस“ग गर्न सक्नुहुन्छ । सफा शौचालय छ भन्ने त भएको छ । यी कुराबाट हामीले विकासको शुरुवात गरेका छौं । यस्तै, रनवे पुनर्निर्माणको काम हामीले ३ महिनामा सक्यौं अब थोरै मात्र बा“की छ ।

ट्याक्सी वे, लिग रोड, सेन्ट्रल लाइटको काम मात्र बा“क छी, यो हामी सेप्टेम्बर १ बाट शुरु गरी डिसेम्बर ३१ तरिखसम्म राति साढे ११ देखि विहान साढे ६ बजेसम्म बन्द गरेर त्यो काम हामी सक्काउछौं । पुनर्निर्माणका काम विगत ५० वर्षदेखि भएको थिएन,

दिवंगत मन्त्री रवीन्द्र अधिकारी, निवर्तमान महानिर्देशक सञ्जीव गौतम र म बसेर विगतको वर्षमा पा“चपटक पनि रनवे बन्द भएको रेकर्ड छ । तसर्थ, यो समस्या हटाउनको लागि यसको मर्मत र विकास गर्नुपर्ने सल्लाह ग¥यौं । ५० वर्षसम्म नभएको रिह्यावको काम हामीले ग¥यौं । रनवेमा चाइनिज टिमले गरेको जति छिटो र राम्रो काम नेपालमा आजसम्म कुनै पनि विदेशी टिमले गरेका छैनन् । हामी सबैले खटेर काम ग¥यौं, त्यसैले आज रिजल्ट राम्रो आयो ।

भियतनामको दुई जना इन्जिनियर आएर दुई दिन बसेर नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्र रनवे छ । यसर्थ, नेपालले कसरी काम गर्छ भनि हेरेर, नेपाली अनि चाइनिज इन्जिनियरस“ग कुरा गरेर आफ्नो देशमा पनि पुनर्निर्माणको काम गर्ने भनेर जानुभयो ।

यि कुरा सामान्य हो तर यसले धेरै ठूलो अर्थ राख्दछ । अबको डिसेम्बर ३० तारिखसम्म पूर्वाधारहरु रनवे, ट्याक्स रनवे, लिङ्क रोड, एप्रोन लगभग हामी सिध्याउ“छौं । आगामी १०÷१५ वर्षसम्म यो एरियामा कुनै समस्या हु“दा कुनै भवितव्य त म भन्न सक्दिन । भूकम्प आएर चिरा पर्ला आफ्नो ठाउ“मा छ, तर बिग्रिदैन । हामीस“ग पार्किङ जम्मा ९ वटा छ । जहाज आउ“छ माथि होल्ड गर्नुपर्छ । यसरी आकाशमा होल्ड गरिरहनु जोखिमपुर्ण कुरा हो ।

यसलाई न्यूनीकरण गर्नको लागि हामीले २ वटा रिमोर्ट पार्किङ बनायौं । विगत चार वर्षदेखि अल्झिरहेको कुरा हामीले डेढ वर्षमा पूरा ग¥यौं । अहिले यो सञ्चालनमा आइसक्यो । यो रनवेको पूर्वपट्टि भयो । अहिले दक्षिणतर्फ फेरि २ वटा वे बनाउ“दै छौं, भिजिट नेपाल २०२० सम्म पूरा गर्ने लक्ष्य लिएका छौं । त्यो भइदियो भने पहिलेको ९ वटा, अहिले २ वटा, झण्डै १३ वटा हुन्छ । त्यसमा ५ वटा ठूलो जहाज अरुमा सानो जहाज राख्ने छौं । अनि अन्तिममा यात्रु प्रतीक्षालय बनाउने छौं ।

उक्त प्रतिक्षालयमा यात्रु जहाज चढ्न अघि बस्नेछन् । यसलाई पनि भिजिट नेपाल २०२० सम्म बनाइसक्ने लक्ष्य लिइएको छ । निर्माण कार्य सकिएपछि विदेशी एयरपार्टस“ग तुलना गर्न नमिले पनि धेरै राम्रो हुनेछ । विगतभन्दा सफा रहनेछ । हाम्रो संस्कृति झल्कने कुरा पानस, हाकुपटासी इत्यादि हामीले प्रदर्शन गरेका छौं । यो हेर्दा साधारण कुरा हो । तर, यसले हाम्रो संस्कृतिलाई वर्णन गर्दछ ।

विमानस्थलको पूर्वाधार विकासमा तपाईं सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट भयो भने त्यो अन्तिम हुन्छ । यसर्थ, जहिले पनि केही अपेक्षा राख्नुपर्छ । विगतमा भन्दा धेरै विकास भएको छ । सँथसाथै सुधार गर्नुपर्ने पनि धेरै छ ।

यो समयले ल्याएको परिवर्तन कि हामीले योजना गरेको परिवर्तन ?
अब एकै वर्षमा समयले गरेको परिवर्तन हो भने त मेरो भन्नु केही छैन । तर, म विमानस्थलमा आएको १६ महिना भयो । १६ महिनामै यो परिवर्तन देखिनु भनेको त केही योजना गरेर नै ल्याइएको हो नि । यदी पहिले नै समयले परिवर्तन गरेको भए त बजेट उही हो, पहिले नै विकास भइसक्थ्यो । म दिनमा १६ घण्टासम्म विमानस्थलमा बसेर खटि“ए । यसले गर्दा मेरो सम्पूर्ण टिमलाई मोटिभेसन पनि भयो । हामी सबै खटिएर ल्याएको परिवर्तन हो यो ।

के योभन्दा अगाडिको नेतृत्वले उदासिनता ल्याएको रहेछ त ?
उदासिनता म भन्न चाहान्न । सायद, उहा“हरुमा काम त यत्तिकै चलिरहेको छ, भइरहेको छ भन्ने सोच पो थियो कि । उहा“हरुले नगरेको पनि होइन र गर्न नखोजेको पनि होइन । तर, हाम्रो जस्तो मुलुकमा आफू नखटिइ अरुले काम खटि“दैन । भर्खरैको कुरा गर्न चाहे, कोही कसैले शौचालयको बेसिन नै फुटाइदिनु भएछ । त्यो त आफैं फुट्ने कुरा होइन, कसैने फुटाएको हो । त्यसलाई जतिसक्यो चा“डै किनेर ल्याएर बनाउन लगाए“ । यसबाट पनि के देखिन्छ भने आफू खटि“दा हुने काम र निर्देशन दिएर मात्र हुने काममा धेरै फरक हुने रहेछ ।

एउटा महानिर्देशकले शौचालयको बेसिनलाई समेत ध्यान दिनुपर्ने अवस्था छ भने चेन अफ कमाण्ड र ब्युरोकेटिक सिस्टमलाई बदल्नुपर्ने रहेछ नि ?
हामी १० बजेदेखि ५ बजेसम्म काम गर्छौं । यसमा पनि बीच–बीचमा खाजा खाने या अरु कुनै काम भनेर खाली बस्छौं । हामी कहा“ यस्तो समस्या देखिन्थ्यो । मैले १०–५ को समयको मानसिकता त्याग्न आग्रह गरे“ । प्राधिकरणमा खटिएका कर्मचारीहरुको कारण हामीले सफलता पाउ“दै छौं । तर, कुनै–कुनै कर्मचारी अलि अल्छी हुनुहुन्छ । उहा“हरुलाई मैले मोटिभेट गर्दैछु ।

विमानस्थलको स्तरोन्नतीका लागि के कस्ता चुनौतीहरु को सामना गर्नुपरेको छ ?
कर्मचारी युनियनहरु हामीस“ग सकारात्मक हुनुहुन्छ । अहिलेको युनियनका साथीहरुले मलाई निकै सहयोग गर्नुभएको छ । महाप्रबन्धक भनेको १÷२ वर्ष को पद हो, त्यसैले काम त हामीले गर्नुपर्छ, मैले उहा“हरुलाई यसो भन्ने गरेको छु । त्यसैबाट पनि काम सही ढंगले अघि बढिरहेको छ ।

विमानस्थलमा अहिले भइरहेको स्तरोन्नतीले नेपाल भ्रमण वर्ष २०२० लाई कत्तिको सहयोग गर्छ ?
नेपाल भ्रमण वर्ष २०२० मा हामीले २० लाख पर्यटकको कल्पना गरेका छौं । यो भनेको वर्षभरीको हो । २० लाखमा भारतबाट आउने वैकल्पिक बाटाहरु सबैलाई घटाएर हाम्रोबाट आउने पर्यटकको जुन मात्रा हुन्छ । अहिलेको भन्दा १०० प्रतिशत यात्रीहरु बढे भने पनि व्यवस्थापन गर्ने क्षमता हामीस“ग छ । दिवंगत हुनुभएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायतका प्रतिनिधिहरु बसी हामीले १८ घन्टाबाट बढाएर २१ घण्टा सञ्चालन ग¥यौं ।

त्यतिबेला यसो गर्न हु“दैहुन्न भनिएको थियो । अहिले हामीले २१ घण्टा राम्रोस“ग सञ्चालनमा ल्याएका छौं । पर्यटन वर्ष २०२० मा उडानको चाप बढ्यो भने हामी २४ घण्टा नै विमानस्थल सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौं । यसो हुने वित्तिकै हामीले उडानलाई धेरै व्यवस्थापन गर्न सक्छौं ।

प्रतिक्रिया दिनुहोस्