प्रधानमन्त्री ओली आज फर्कदै



काठमाडौं, (नेस) ।
नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार स्वदेश फर्कदै हुनुहुन्छ । सोमबार अपराह्न थाइ एयरलाइन्सबाट उहाँ काठमाडौं फर्किने बताइएको छ ।

यसअघि ओली आइतवार स्वदेश फर्कने तयारीमा रहनु भएको थियो । तर स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट आउन समय लागेपछि उहाँको सिंगापुर बसाई लम्बिएको हो । स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट सकारात्मक भएको पाइएपछि प्रधानमन्त्री सोमबार दिउँसो स्वदेश फर्कने उहाँका प्रेस संयोजक डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।

१३ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरेपछि ओली विगतमा पनि स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने गर्नुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्