काठमाडौं डेंगुको उच्च जोखिममा



नेपाल समाचारपत्र, काठमाडौ ।
विश्वमा नै लामखुट्टेको टोकाइबाट सर्ने खतरनाक डेंगुका बारेमा बहस हुनुका साथै खोपको समेत परिक्षण भइरहेको छ ।

यसै बिषयमा नेपालमा पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार डेंगुरोग रोकथाम तथा नियनत्रण सम्बन्धी संचारकर्मीहरुसँग अन्तरक्रिा कार्यक्रमको आयोजना गर्दै नेपालमा डेंगुको प्रमुख स्रोत पानी र फोहोर भएको औल्याउँदै अब काठमाडौ पनि डेंगुको उच्च जोखिमा रहेको जानकारी गराएको छ ।

बदलिदो वातावरण, अत्यधिक गर्मी, यातायातका साधनहरु तराई, हिमाल, पहाड सजिलै पुग्ने र डेंगुका बिरामी पनि सहजै पुग्ने हुनाले सन् २००४ मा एक बिदेशी नागरिकमा नेपालमा देखा परेको डेंगु अहिले के तराई, के पहाड, के हिमाल जताततै फैलिएको बताइएको छ । गत बर्षको दाजोमा यो बर्ष अत्यधिक गर्मीका कारण डेंगुको समस्या ह्वात्तै बढेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.विवेककुमार लालले रोगी लामखुट्टेले सफा र फोहोर दुबै पानीमा अण्डा पार्ने र अण्डा पारेको भाडा, प्लाष्टिक, गमला, पोखरी जुनसुकै ठाउँमा अण्डा भित्तामा टासिएर रहने भएकाले एक बर्ष सम्म पनि मर्दैन । भाडामा पानी सुके पनि अण्डा जिवितै हुने र पुनः पानी पाउना साथै बिउझने गर्दछ ।

एकपटकका संक्रमित लामखुट्ट २ सय देखि ३ सय सम्म अण्डा पार्ने हुनाले एकै पटक धेरै मानिसलाई टोक्ने गर्दछ । यो संक्रमित लामखुट्टेले मान्छे र पशुलाई टोक्दछ । रगतकै माध्यमबाट संक्रमण फैलाउने मात्र नभै संक्रमित लामखुट्टेले पारेको अण्डा र त्यसबाट निस्कने लामखुट्टे पनि संक्रमित हुन्छ भन्नुभयो ।

नेपालमा डेंगु लगायतका रोग नियन्त्रणका लागि प्रत्येक प्रदेशमा ६ करोड १७ लाख अर्थात एउटा निकायमा ८७ लाख देखि ८९ लाख सम्म पठाएको डा.विवेक कुमारले जानकारी गराउनुभयो ।

प्रदेश नं १ को सुनसरीमा मात्र यस बर्ष ३ हजार २५ जनामा डेंगु देखा परेको छ । यस बर्ष क्षेत्र नं १ र मा डेंगुको महामारी फैलिएको इपिडिमियोलोजी तथा रोग दियन्त्रण महाशाखाले जनाएको छ ।

पाँच वर्षअघिसम्म १२ जिल्लामा फाटफुट रुपमा देखिएको डेंगु पाँच वर्षको बीचमा ५६ जिल्लामा देखापरिसकेको छ । महाशाखाका अनुसार देशभरका ५६ जिल्लामा डेंगुका बिरामी फेला परिसकेका छन् । पाँच वर्षअअि १२ जिल्लामा जम्मा ३ सय २ डेंगु बिरामी भेटिएकोमा यो वर्ष ३४ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगी देखापरिसकेको छ । महाशाखको तथ्यांकअनुसार यो वर्ष प्रदेश १ का १० वटै जिल्लामा डेंगु भेटिइसकेको छ । जसमा सुनसरीमा बढी र त्यसपछि मोरङ र झापामा बिरामी भेटिएका छन् ।

त्यसै गरी प्रदेश २ मा ४ जिल्लामा १२ बिरामी, प्रदेश ३ का ९ जिल्लामा १ सय २६, गण्डकी प्रदेशका ५ जिल्लामा २६, प्रदेश ५ का ९ जिल्लामा ९६, कर्णाली प्रदेशको सल्यानमा मात्र १ जना र सुदुरपश्चिम प्रदेशको ५ जिल्लामा १२ बिरामी भेटिएका छन् । यो वर्ष प्रदेश २ मा पर्सा र सप्तरी, प्रदेश ३ का मकवानपुर र चितवनमा, गण्डकी प्रदेशको कास्की, प्रदेश ५ को रुपन्देही र नवलपरासीमा बढी बिरामी भेटिएका छन् ।

महाशाखाका अनुसार धरानमा ३० वैशाखदेखि पूर्वी तराईको धरानबाट सुरु भएको डेंगुको संक्रमण अझै पनि नियन्त्रणमा आउन सकेको छैन । विगत वर्षका अनुभवका आधारमा पनि थप सतर्कता अपनाउँदै समयमै रोकथामका कार्यक्रमहरू सञ्चालन गरी न्यूनीकरणतर्फ लाने प्रयास भइरहे पनि प्रभावहीन देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्