यस्तो अचम्मको अनुहार भएकी मान्छे काठमाडौँ भेटिईन्(भिडियोसहित)



काठमाडाैँ ।
संसारमा विभिन्न प्रकारका मान्छेहरु भेटिने गर्छन् । हालै नेपालमा पनि एक अचच्मको अनुहार भएकी महिला भेटिएको छिन् ।

मोरङ घर भई हाल काठमाडौँ गौशालामा बस्दै आएकी कुमारी सुवेदी सामान्य मानिस भन्दा फरक हुनुहुन्छ । उहाँलाई झ्वाट्ट देख्ने मान्छे पक्कै पनि तर्सिन्छ । किनभने उहाँको अनुहार हेर्दा केहि डरलाग्दो नै छ ।

कुमारी ६ वर्षको उमेरमा नै यसरी अनुहार सुनिन थालेको थियो । जब उहाँको उमेर बढ्दै गयो अनुहारको बनावट पनि ठूलो हुँदै गयो । उहाँ २० वर्षकी पुग्दा सम्ममा उहाँको अनुहार यतिसम्मको भयो तर अहिले भने त्यो क्रम रोकिएको कुमारी बताउनुहुन्छ ।

उहाँको यस्तो अवस्था हुँदा कसैले पनि काम नदिने गरेको गुनासो पोख्नुहुन्छ । हिले जसले जतिबेला जे काम दिन्छ त्यहि गरेरै दिन काटिरहनुभएको छ । उहाँले आफ्नो मात्रै शरिर फल्न भएत केहि सहज हुने थियो होला तर ८२ वर्षकी आँखा नदेख्ने आमालाई समेत यस्तो अवस्थामा हेरिरहनुभएको छ । यो उहाँको साहस देख्दा निकै खुशी पनि लागेको छ ।

उहाँले यस भिडियो आफ्ना कथा सुनाईरहँदा जो कोहिका पाि आँखाबाट आँशु रसाउछ । उहाँले आफ्ना पिडा सुनाउँदै गर्दा आफूलाई नचिन्नेहरु त आफूलाई देखेर भाग्ने गरेको बताउनुहुन्छ । कतिले त नजिक पर्दा गाली गरेको पनि व्यथा सुनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्