कांग्रेसको अन्तरिम संरचना बनाउन २० बुँदे कार्यविधि तयार



रामकृष्ण चापागाईं, काठमाडौं ।
नेपाली कांग्रेसले तल्लो तहको अधिवेशन आउदो कात्तिक अन्तिम सम्म सक्ने निर्णय गरेको छ । संविधान र विधान अनुसार गठन गर्न लागिएको अन्तरीम संरचना१३औं महाधिवेशनको बाकी अवधिको लागि हुने छ ।

आइतवार बसेको केन्द्रिय समिति बैठकले अन्तरीम संरचना निर्माणको लागि २० बुदे कार्यविधि तयार पारेको केन्द्रिय सदस्य शीवप्रसाद हुमागाईले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ । प्रदेश स्तरको संरचना भदौ २० गते भित्र गठन गरीने छ भने स्थानीय तहको कात्तिक मसान्त सम्म गठन गर्ने गरि कार्यविधि तयार भएको छ ।

केन्द्रिय सदस्य हुमागाईका अनुसार केन्द्रिय समितिले सर्वसम्मत पारित गरेको २० वुदे कार्यविधि अनुसार अधिवेशन मार्फत सर्वसम्मत गठन गरिने संरचनालाई निर्वाचन समितिले वैधानिकता दिने छ । अन्तरीम संरचना सहमतिको आधारमा गठन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्