फेसबुकले ल्याउने भयो न्युज ट्याब, यस्तो छ न्युज ट्याबको रहस्य



सबैले रुचाएको सामाजिक सञ्जाल मध्येको एक हो फेसबुक । फेसबुकका सिइओ मार्क जुकरबर्गले यस सञ्जाललाई विभिन्न तरिकाले विभिन्न समयमा परिमार्जन गर्दै आएका छन् ।

यस वर्ष जुकरबर्गले पठनीय सामाग्री मात्र प्रकाशित गर्नका लागि न्युज ट्याब फिचर ल्याउन लागेको स्रोतले जनाएको छ । स्रोतका अनुसार विश्वलाई समाचार र सूचनामूलक सामाग्री प्रदान गर्नका लागि फेसबुकमा न्युज ट्याब पनि ल्याउन लागिएको हो ।

प्रयोगकर्ताले निःशुल्क प्रयोग गर्न सकिने न्युज ट्याब फेसबुकभित्रको एक हिस्सा हो । फेसबुकले प्रकाशकसँग ३० लाख अमेरिकी डलरको प्रस्तावसमेत गरिसकेको छ ।

न्युज ट्याबभित्र हामीले गुणस्तरीय सामाग्रीमात्र पढने पाउनेछौँ । फेसबुकले आफ्नो न्युज ट्याबमा गुणस्तरीय समाचार तथा समाग्री प्रदान गर्नका लागि एबीसी न्युज तथा वासिङ्टन पोस्टजस्ता विश्वसनीय संचारमाध्यमसँग सहकार्य गर्ने प्रयास गरिरहेको जनाईएको छ ।
(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्