सोनिया पुनः कंग्रेस आईको नेतृत्वमा



काठमाडौं ।  भारतीय प्रतिपक्षी दल कंग्रेस आईले पुनः सोनिया गान्धीलाई अध्यक्ष चुनेको छ । सो दलले यसअघिका अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत गर्दै सोनियालाई पार्टीको जिम्मेवारी दिएको हो ।

शनिवारको कंग्रेस वर्किङ कमिटि बैठकले राहुलकी आमा एवं पूर्व अध्यक्ष सोनियालाई अन्तरिम अध्यक्ष चुनेको हो । सो बैठकमा नेताहरुले राहुललाई राजीनामा पत्र फिर्ता लिन आग्रह गरेपनि उनले सो प्रस्ताव अस्वीकार गरेपछि सोनियाले पार्टीको नेतृत्व लिन इच्छुक रहेको बताइएको छ । नयाँ नेतृत्व नचुनिएसम्म अब सोनियाले पार्टी अध्यक्ष रहने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको लोक सभा निर्वाचनमा पार्टीले नराम्रोसँग हार व्यहोरेपछि राहुलले पार्टी पराजयको नैतिक जिम्मेवारी लिँदै पाँच महिनाअघि पदबाट राजिनामा दिएका थिए । तर, पार्टीले उनको राजीनामा अस्वीकृत गरेको थियो । सन् २०१७ डिसेम्बर महिनादेखि राहुल पार्टी नेतृत्वमा थिए । पार्टीको पछिल्लो निर्णयसँगै सोनिया भारतीय कंग्रेसमा सबैभन्दा लामो समयसम्म अध्यक्ष बनेकी छिन् । यसअघि उनी १९ वर्ष पार्टी अध्यक्ष रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्