८६ विद्यार्थीलाई पोशाक र स्टेशनरी हस्तान्तरण 



भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले समाजलाई सकारात्मक मार्गमा डोर्याउनुपर्ने बताउनुभएको छ ।
प्रजातन्त्रको योद्धा, समाजसेवी एवं नेपाली काँग्रेसका पूर्व नेता स्व.श्यामबहादुर कार्कीको बाह्रौँ स्मृति दिवसमा बोल्दै उहाँले प्रजातन्त्रको योद्धा, समाजसेवीहरुले देखाएको असल मार्गमा अगि बढ्नु जरुरी रहेको बताउनुभयो ।

नेता थापाले आम रुपमा हेर्दा नेपाली समाज नकारात्मक मार्गमा अगि बढिरहेको भन्दै अब असल सोचका साथ बिकास र समृद्धिको मार्गमा अगि बढ्नुको बिकल्प नरहेको बताउनुभयो । कार्यक्रममा उहाँले विद्यार्थीहरुलाई पोशाक एवं स्टेशनरी सामान हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रममा गणेश आधारभुत प्रावि बालकोटका ८६ जना बालबालिकालाई पोशाक एवं स्टेशनरी सामान वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष बिष्णुराज कार्कीले जानकारी दिनुभयो ।

बालकोट ३ मा श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमा पौडेल,भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, सचिब उद्धव सिलवाल,बरिष्ठ पत्रकार कबिर राणा,नेता मुरारी आचार्य,प्रदिप कार्की लगायतले स्व.कार्कीले समाज,पार्टी र शिक्षा क्षेत्रमा पुर्याएको योगदानको बारेमा चर्चा गर्नुभयो ।

सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा ९९ जनाले रक्तदान गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्