भक्तपुरमा एकैचोटि चार वटा बस ठोक्किए, १६ घाइते



भक्तपुर । मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि आज बिहान एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिदाँ १६ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बस अनियन्त्रित हुदाँ सोही दिशातर्फ जादै गरेका अन्य तीन वटा बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । उक्त बसले बा३ख ७०९३, बा५ख ४०२९ र ना६ख ७१२५ नम्बरका अन्य तीन वटा बसलाई ठक्कर दिएको हो।

दुर्घटनामा परेर तीनवटै बसका यात्रु घाइते भएका छन् । उपचारका लागि घाइते भएका १३ जनालाई नागरिक अस्पताल र अन्य तीन जनालाई मध्यपुर अस्पताललगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्