सैनिक ब्यारेक लागू औषध कारोवारको अखडा, ब्राउन सुगरको कारोवार गर्ने मेजर जेल जादै



 

काठमाडौ । लामो समयदेखि लागू औषधको बारोबारमा संलग्न हुदै आएका नेपाली सेनाका एक मेजर लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन । प्रहरीले नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागू औषध कारोवाही भएको पत्ता लगाएपनि उनी सेनाका अधिकृत भएको कारण प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।
उनले पटक पटक लागू औषधको कारोवार गरेको पत्ता लगाएपनि सिंह ब्यारेकमा बस्ने भएकाले प्रहरीले उनलाई पक्राउ गर्न नसकेको एक प्हरी अधिकारीले जानकारी दिए ।
तर प्रहरीले उनलाई नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त टोलीले शनिबार साँझ पक्राउ गर्न सफल भएको थियो ।

मेजर सिंहले ब्यारेकलाई नै लागू औषधको अखडा बनाएका थिए । पक्राउ पर्दा सिंहको साथबाट ब्राउन सुगरको ४ वटा पोका भेटिएको थियो।
इलाका प्रहरी कार्यालय, इटहरीका डीएसपी समिरचन्द्र खरेलकाअनुसार मेजर सिंहविरुद्ध आइतबार लागूऔषधसम्बन्धी कसूरमा जिल्ला अदालत, सुनसरीबाट म्याद थप हुनेछ । ‘म्याद थप गरेपछि मात्रै विस्तृत अनुसन्धान थाल्छौं’, उनले भने ।

अनुसन्धानका लागि सैनिक अधिकृतमाथि अनुसन्धान गर्ने निकाय सैनिक प्रहरी गणले पनि सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्