सिभिल बैंकको शाखा अब पाँचथरको रविमा



काठमाडौं । सिभिल बैंकले पा“चथर जिल्लाको रविमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिक्लाजुङ गाउ“पालिकाका अध्यक्ष अमरराज माखिमले गर्नुभयो ।

उक्त शाखाको उद्घाटनमा सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकी, सो क्षेत्रका राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउ“पालिकाका अध्यक्ष अमरराज माखिमले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्