बिजय र बलिरामको च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं ।
पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगिताको उपाधि एपीएफका बिजय थापा र बलिराम चौधरीको जोडिले जितेको छ । शनिबार भएको फाईनल खेलमा उक्त जोडीले आयोजक ढोरपाटन भलिबल क्लबका मनवीर छन्त्याल र सोभित रानामगरलाई २२–२० र २१–१७ को सोझो सेटमा हराएको हो । बिजय सर्वोत्कृष्ट र सोभित बेष्ट डिफेन्स खेलाडी घोषित भए । विजेता जोडिले १ लाख र उपविजेता जोडिले ५० हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्