१३औं सागमा पदक जित्ने लक्ष्य



अभिलाषा विष्ट अहिलकी उदाउँदो नेपाली महिला टेनिस खेलाडी हुनुहुन्छ । ७ वर्षको उमेरबाट टेनिसको गहु«ंगो ¥याकेट समातेकी अभिलाषाले हरेक उमेर समूहमा आफुलाई अब्बल सावित गर्दैै जानुभयो । ८ वर्ष मुनि (यु–८), ९ वर्ष मुनि (यु–९), १० वर्ष मुनि (यु–१०) १२ वर्ष मुनि (यु–१२) र १४ वर्ष मुनि (यु–१४) उमेर समूहका प्रतियोगिताहरुमा उपाधि जितेर उहाँले आफ्नो कोठामा ट्रफीहरु गर्वका साथ सजाउनु भएकी छिन् ।

नेपाली सेनाबाट खेल्नुभएकी उहाँले हालै सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा ४ वटा पदक जित्नु भएकी थिइन् । यसैगरी अभिलाषा १८ वर्ष मुनि उमेर समूहतर्फ नेपालकी शीर्ष महिला खेलाडी हुनुहुन्छ भने राष्ट्रिय सिनियर महिला खेलाडीको रेन्किङमा दोस्रो स्थानमा हुनुहुन्छ । अहिले १३औं दक्षिण एशियाली खेलकुद (साग) का लागि उहाँ प्रशिक्षणमा व्यस्त हुनुहुन्छ ।साग र अन्य विषयमा उहाँसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको कुराकानी प्रस्तुत गरिएको छ।

टेनिसमा कसरी लाग्नुभयो ?
मैले टेनिस खेल्न थालेकी ७ वर्षको उमेरदेखि हो । पहिले त मलाई रुचि थिएन । मलाई बुबाले सेन्ट जेभियर्स स्कूलको कोर्टमा हुने प्रशिक्षणमा लाने गर्नु हुन्थ्यो । मलाई एक वर्ष त यसमा कुनै चासो नै भएन । म भोलि भोलि भन्दै अर्को पटक जाने भन्दै टाल्दै गएँ । केही न केही बहाना बनाएकै हुन्थ्यो ।

कसरी ¥याकेट समाउन पुग्नुभयो त ?
बहाना धेरै हुन थाले । एक दिन सेन्ट जेभियर्स स्कूलमा पुग्दा त्यहाँ आउनुभएका दिदीहरुले मलाई बल समाउन र फँयाक्न लगाउनुभएका थिए । मेरै उमेरकाहरु पनि खेलेको हेर्न थाले । मजा त एकदमै लाग्छ कि जस्तो पनि लाग्यो र मैले ¥याकेट समात्न चासो देखाएँ । केही दिन खेल्न थालेपछि त मैले नै बुबालाई उठाएर टे«निङ गर्न जाने भन्न गरेकी थिएँ । यसमा लागेपछि मैले प्रतियोगितामा सहभागि भएर उपाधि जित्दै गएँ पनि । उपाधिले मलाई टेनिसमा अझ भिज्न प्रेरणा दियो । यहीबाट मेरो यसैमा करियर बन्न थालेको हो ।

नेपाली टेनिसमा खेलाडी हराउने चलन छ । तपाई पछिसम्म टेनिसमै रहनुहुन्छ ?
अहिले सम्म हेर्दा प्लस टू पछि कलेज टेनिस खेल्न जाने भएकाले धेरै सिनियर खेलाडी टेनिस खेल्न नसकेका हुन् । तर म चाहिँ कलेज टेनिसमा जाँदिन । भविष्यमा नेपाल र नेपालबाहिर प्रशिक्षण लिएर टेनिसमै रहनेछु । म खेलाडी भएसम्म खेल्छु । अहिले पनि मैले पढाइको साथसाथै टेनिस खेलिरहेकी छु ।

कहाँसम्म पुग्ने लक्ष्य लिनुभएको छ ?
धेरै माथि पुग्ने लक्ष्य छ । आगामी ३ वर्षमा आईटीएफको अन्डर १८ (जुनियर) मा १ सय रेन्किङभित्र पुग्ने लक्ष्य लिएकी छु । १ सय भित्र पुगेपछि व्यवसायिक प्रतियोगिताहरु खेल्न पाउने हुँदा मेरो यो लक्ष्य पुरा गर्ने दृढ संकल्प छ । यसको लागि मैले निकै मेहनत गरिरहेकी छु । यसैका लागि भनेर मैले इम्प्याक्ट टेनिस एकेडेमी, बैंककमा अस्टे«लियन ग्रेड ए एटीपी कोच स्टिफन कूनसँग टे«निङ लिइरहेकी छु । तर हालै १३औं साग गेमका लागि नेपालमै प्रशिक्षण शुरु भएपछि नेपालमा आएकी हुँ ।

टेनिस खेलाडीमा को मनपर्छ ?
नोभाक जोकोभिच र सिमोना हालेप ।

उनीहरु जस्तै अन्तर्राष्ट्रिय टेनिस खेल्न नेपाली खेलाडीले के गर्नुपर्छ ?
पहिले त आईटीएफ जुनियरअन्तर्गत यु १८ को १ सय रेन्किङभित्र पर्नु पर्छ । अनि मात्र अन्तर्राष्ट्रिय टेनिसमा पुग्न प्रक्रियामा हुनेछन् । सो प्रतियोगिता धेरै जसो खेलिरहनु पर्छ । हा¥यो भनेर छाड्नु हुन्न यसमा निरन्तरता लागिरहनुपर्छ । त्यस्ता प्रतियोगिता खेल्दै अंक बटुल्दै जाने हो । १ सय रेन्किङ भित्र परेमा मात्रै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय टेनिसमा खेल्ने अवसर मिल्नेछन् ।

अहिलेसम्म नेपालबाहिर कहाँ कहाँ खेल्नुभयो ?
अहिलेसम्म म्यानमार, बैंकक, भारत, मलेसिया, श्रीलंका देशहरुमा खेलिसकेकी छु । जसमध्ये केहीमा मलाई पदक पनि प्राप्त भएको थियो । मैले मलेसियामा १२ वर्ष मुनिको प्रतियोगिताको सिंगल्समा रजत पदक र श्रीलंकामा भएको १४ वर्ष मुनिको प्रतियोगिताको डबल्समा स्वर्ण पदक जितेकी थिएँ । त्यस्तै सन् २०१७ मा बैंककमा सम्पन्न एटीएफ डिभिजन टू टेनिसमा पनि खेलेँ । त्यहाँ मैले डबल्समा रजत पदक हासिल गरेँ । यो जितेर डिभिजन वानमा प्रमोट भएर म नयाँ दिल्लीमा खेल्ने गएकी थिएँँ । सोही नतिजाबाट नेपाल पनि डिभिजन वानमा उक्लियो । यसले गर्दा नेपाली खेलाडीले सीधै डिभिजन वानमा खेल्न जान अवसर पाए पनि ।

खेलसँगै पढाईलाई कसरी म्यानेज गर्नुभयो ?
७ वर्षको पुतली खेल्ने उमेरमा मैले टेनिस खेल्न थालेकी थिएँ । यसको बावजुद मैले खेलसँगै पढाईलाई पनि राम्रै ढंगले लगेकी छु । म हालै एसईईमा ३.७५ जीपीए अंकसहित ए प्लस ल्याएर पास भएँ । पढाइलाई खेलले कुनै असर गरेन । स्कूलमा नियमित नभएर पनि यति जीपीए अंक ल्याउनुमा म खुशी छु । बुबा मुमा पनि खुशी नै हुनुहुन्छ । मेरो नतिजाले मेरा टेनिस साथीहरु मोटिभेट भएका छन् । यो हुनुको मुख्य कारण चाहिँ मैले कक्षा १० सम्म फेसबुक र मोबाईल नचलाउनु पनि हो । टाइम म्यानेज गर्न सकियो भने यो पनि संभव हुदोँ रहेछ भन्ने मैले सन्देस दिएकी छु।

स्कूलमा कसरी पढाइ म्यानेज हुन्छ त ?
एसईई दिन अगाडि करिब ६ महिना त म बाहिरै थिएँ । बाहिर हुँदा पनि मैले स्कूलबाट र साथीहरुबाट सहयोग पाएकी थिएँ । साथीहरुले मलाई प्रोजेक्ट वर्क, होम वर्क आदि कुराहरु भाइबरमा पठाइदिन्छन् । दिउँसोभरि खेल वा प्रशिक्षणमा व्यस्त हुन्छु । बेहान ५ बजे उठेर करिब डेढ घण्टा पढ्ने गर्थे । बेलुकी त्यस्तै २ घण्टा जति पढथे । अलिकति बढी मेहनत खेलको साथसाथै पढाइमा पनि गरियो भने म्यानेज गर्न सकिन्छ ।

१३औं सागका लागि प्रशिक्षण कस्तो चलिरहेको छ त ?
म इम्प्याक्ट टेनिस एकेडेमी बैंककमा प्रशिक्षण गरिरहेकी थिएँ । सागका लागि टे«निङ हुँदैछ भनेर खबर पाएपछि आफ्नै टिमसँग प्रशिक्षण गर्नका लागि नेपाल फर्के । हामीकहाँ पहिले क्ले कोर्ट थियो । अहिले हार्ड कोर्टमा परिणत भएको छ । १३औं साग गेम हुने कोर्टमा प्रशिक्षण गरिरहँदा हामीलाई अझ उत्साह बढेको छ । त्यसमा नेपालका राष्ट्रिय प्रशिक्षक सुर्यभूषण बज्राचार्य र प्रमुख प्रशिक्षक रेणु कोन्डा बज्राचार्यसँग प्रशिक्षण लिइरहनु पाउँदा राम्रै नतिजा आउँछ भन्ने विश्वास छ । प्रशिक्षण बेहान ३ घण्टा र बेलुकी ३ घण्टा भइरहेको छ ।

तपाईले सागमा कस्तो अपेक्षा गर्नुभएको छ ?
हामी सबैको लक्ष्य भनेको पदक जित्नु नै हुनेछ, यसमा कुनै द्विविधा छैन । आफ्नै घरेलु कोर्टमा हुने भएकोले पनि छनोट हुनेहरुले राष्ट्रका लागि पदक दिलाउन नै मेहनतका साथ खेल्नेछन् । मैले पनि प्रतियोगितामा प्रशिक्षकहरुसँग सिकेको कुरा नै उपयोग गर्ने हो । मलाई विश्वास छ सबैले पदक नै ल्याउने छन् ।

प्राय जसो उमेर समूहमा च्याम्पियन हुनुभयो तपाई । तपाईबाट सागमा स्वर्ण पदकको आशा गर्न सकिन्छ ?
स्वर्ण त अलि कठिन नै छ । त्यसो भनेर स्वर्ण पदक जित्नलाई कोसिस नै नगर्ने पनि होइन । कोशिस हुनेछ । तर हाम्रो मुख्य प्रतिस्पर्धा भनेको भारतीय खेलाडीसँग हुनेछ । उनीहरुलाई पन्छाउन सकेमा स्वर्ण पनि आउँछ । मैले हालै सम्पन्न राष्ट्रिय खेलकुदमा राम्रै खेलेकी थिएँ । जसमा टीम इभेन्टमा स्वर्ण, सिंगल्स र मिक्स डबल्समा रजत अनि डबल्समा कांस्य पदक जितेकी थिएँ । यो प्रदर्शनले गर्दा ममा हौसला बढेको छ । त्यसैले सागमा पनि मैले पदक जित्ने आशा गरेको छु ।

प्रतिक्रिया दिनुहोस्