जनतालाई राहत



हिजो–आज तरकारीको मूल्य यति धेरै बढ्या बढ्यै छ कि बढेको मूल्यले सरकार सोझै ओझेलमा प¥या छ । मूल्यवृद्धिले कहिले काहिँ त सरकार कहाँ छ भन्ने सुईँको समेत पाइन्न । सरकारले प्रतिपक्षी दललाई आफ्नो सामान्य भिलेन ठान्या छैन, उर्लिदो बजार मूल्य नै सरकारको मुख्य भिलेन बन्या छ ।

सिमेन्ट, छड र अन्य निर्माण सामग्रीको बजारले सगरमाथा चुम्या चुम्यै छ, यस्ता सामग्री महंगीको सगरमाथालाई अंकमाल ग¥या ग¥यै छ । त्यै पनि सरकार मौन छ, विन्दास छ । ‘के को विन्दास हुनु’ भन्दै जनतालाई सान्तवना दिन हो क्यार, केही दिन अघि ग्यासको मूल्य घटाएको छ । अन्य वस्तुमा घटाएर देखाओस त, धरहरा बहस गर्न तयार छ ।

नेता निवास र मन्त्री क्वाटरतिर सोझै अग्र्यानिक तरकारी, ग्यास र खनखनी क्यास जाने भएसी कुन नेता मूल्यवृद्धि घटाउन मरिहत्ते गर्छ र ? सिमेन्ट, छड र अन्य उद्योगी व्यवसायीले ऊ बेला चुनावमा खनखनी पैसा सहयोग ग¥या कुरो अहिलेका मन्त्री मात्रिकाले सार्वजनिक कार्यक्रमै ओकलेपछि थप कुरा धरहराले प्रष्ट्याउनु पर्दैन क्यार ।

ऊ बेला चुनाव थियो, उद्योगी व्यवसायीले सहयोग गरे, अहिले चुनाव नभएपनि नेताज्यूहरुलाई सहयोग जारी भएसी कसरी घटोस मूल्यवृद्धि ? त्यै पनि हाम्रा नेता÷मन्त्री भन्छन्–‘कालो बजारी नियन्त्रण गरिन्छ, विचौलियाको चलखेल अन्त्य हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्