स्वास्थ्य चौकीमा प्रसूति गृह नहुदाँ महिलालाई समस्या



यमलाल भुसाल, बुटवल । मोतिपुर स्वास्थ्य चौकीमा सुत्करी गराउनको लागी प्रसुति गृह बनाउन एक कार्यक्रममा वोल्ने सरोकारवाले माग गरेका छन । उनिहरुले ३ वटा वडाका जनताले स्वास्थ्य सेवा लिने स्वास्थ्य चौकीमा प्रसुति गृह नहुदाँ धेरै महिलाले समस्या भोग्नु परेको भन्दै ततकाल हेल्थपोटको भबन बनाउनु पर्ने र सुत्करी गराउनको लागी प्रसुति गृह बनाउनु माग गर्नु भएको छ ।

बुटबल उपमहानगरपालिक वडा नं १७ मा रहेको मोतिपुर स्वास्थ्य चौकीमा आयोजना गरिएको सामाजीक परिक्षण कार्यक्रममा स्वास्थ्य चौकीमा बाट दिईने सेवालाई सेवा ग्राहीले देख्ने तरिकाले बोड बनाएर राख्नु पर्ने बताएका छन । बुटबल उपमहानगर पालिका वडा नं १७, १८ र १९ बडाका सेवा ग्राहीले स्वास्थ्य चौकीवाट सेवा लिदै आएका छन ।

कार्यक्रममा बोल्दै बडा नं १९ का बडा अध्यक्ष हिम बहादुर खत्रीले बुटबल नगरपालिकाले गतबष नै स्वास्थ्य चौकी बनाउन जग्गा खोज्न भनेपनि अहिले सम्म केहि नभएको बताउनु भयो । एक बडा एक हेल्थपोष्टको अबधारण लागु गर्न समन्धीत निकायलाई आग्रह गर्नु भयो ।

त्यस्तै वडा नं १८ का बडा अध्यक्ष हुम नाथ आर्चायले जनतालाई सहज रुपमा स्वास्थ्यसेवा उपलब्ध गराउन आबश्यकता रहेको बताउदै स्वास्थ्यलाई सेवाग्राहीको भाबना अनुरुप लैजानु पर्नेमा जोड दिनु भयो ।

सामाजीक परिक्षणमा नेकपाका गंगाराम ढकाल, नेपाली काग्रेसका ओम बहादुर घिमिरे स्थानिय समाजसेवी भिम प्रसाद न्यौपाने टोल बिकास संस्थाका प्रेम मस्याडदी महिला स्वास्थ्य स्वयमसेबिका लगायतले बोल्दै स्वास्थ्य लाई सर्वसुलभब बनाउन आग्रह गर्नु भयो ।
बुटबल उप महानगर जनस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत कपिल गौतमले स्वास्थ्य सेवा स्थानिय तहमा आएपछि सुरुमा केही समस्या भएपनि अहिले यो हटेको र सहज सेवा दिईरहेको बताउनु भयो ।

बुटबल उपमहानगर पालिका बडा नं १७ का वडा अध्यक्ष अध्यक्ष सन्त बहादुर रानाले हेल्थपोष्टका बिषयमा आएका समस्यालाई तत्काल समाधान गर्दे लैजाने बताउनु भयो। उनले भने के गर्नु पर्दछ कहा जानु पर्दछ स्थानिय प्रदेश र संघिय सरकारको गएर भएपनि भबन ३ बर्ष भित्र बनाउने बताए। स्वास्थ्य चौकी प्रमुख बिन्दु अर्यालले हेल्थपोष्टले एक बर्षमा दिएको सेवा कर्मचारी समस्याको बारेमा जानकारी गराउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्