विश्वविद्यालयमा लगाइएको ताला खुल्यो



काठमाडोँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा लगाएको ताला खुलेको छ । विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनहरुबीच बसेको वार्तापछि शनिबार ताला खोलिएको हो ।

विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीले राखेका माग दुई साताभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि ताला खोलिएको छ ।

विश्वविद्यालयमा हरेक वर्ष वृद्धि हुँदै आएको १० प्रतिशत शिक्षण शुल्क तत्काल खारेज गर्नुपर्ने, प्राध्यापकहरुको दोहोरो सुविधा खारेज गर्नुपर्ने, यसअघि स्ववियु विद्यार्थी संगठन र इन्जिनियरिङ संकायका विद्यार्थीसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने , तत्काल स्ववियुको निर्वाचन घोषणा गर्नुपर्ने, लगायतका माग राख्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्