अमेरिका गोलीकाण्ड : आक्रमणकारीद्वारा ‘मेक्सिकन’ नागरिकलाई निशाना बनाएको स्वीकार



अमेरिका ।  गत शुक्रबार अमेरिकाको टेक्सासस्थित एल पासोमा रहेका वालमार्टमा भएको अन्धाधुन्ध गोली प्रहारका अभियुक्तले घटना गराउनुको कारण खुलाएका छन् । २२ जनाको ज्यान जाने गरी गराइएको उक्त घटनामा दर्जनौँ घाइते भएका थिए ।

घटनाका अभियुक्त प्याट्रिक क्रुसियसले  मेक्सिकन नागरिकलाई लक्षित गरी अन्धाधुन्ध गोली प्रहार गरेको स्थानीय सञ्चारमाध्यमले जनएका छन् । अभियुक्तले मेक्सिकोका नागरिकलाई लक्षित गरि सो घटना घटाएकोे स्वीकार गरेको बाहिरिएको छ ।

यस घटनापछि डेमोक्र्याटिकहरुले बन्दुक सम्बन्धी कानून कडा गर्नु पर्ने बताएका छन् । तर रिपब्लिकनले भने बन्दुक खरिदकर्ताको पृष्ठभूमि सम्बन्धी जाँच कडा गर्नूपर्ने बताएका छन् ।

प्याट्रिकविरुद्ध घृणाका कारण अपराध गरेको सम्बन्धी मुद्दा दायर गर्ने तयारी सरकारी अधिकारीले गरेको बताइएको छ । जसमा अभियुक्त दोषी पाइएमा उनीमाथि मृत्युदण्डको सजाय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्