जापानमा सम्पन्न बक्सिङमा नेपालका प्रचण्ड केसी विजय



राजबिन थापा, जापान(टोकियो)
जापानमा पछिल्लो समय नेपालीले बक्सिङमा राम्रो प्रगति गर्दै गैरहेका छन । हिजो टोक्यो डोममा सम्पन्न ‘होपफुल फ़ाइट’ नामक बक्सिङ प्रतियोगीतामा नेपालका प्रचण्ड केसीले विजय प्राप्त गरेका छन । केसीले ५३ किलो समूहबाट बक्सिङमा दोश्रो राउण्डमा नकआऊट प्रहार गरि जित निकालेका थिए ।

केसीको प्रतिस्पर्धीको रूपमा जापानी खिलाडी मारूयामा सुन्पेई रहेका थिए । पछिल्लो समय नयाँ बक्सरको रूपमा जापानमा उदाएका केसी आफ्ना प्रतियोगिताहरूमा विजय प्राप्त गर्दै ग़ैरहेका छन ।

नेपालीक़ो सान उचो पार्न सफल केसीलाई हाम्रो तर्फबाट बधाई तथा आगामी यात्राको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्