हतियार र विस्फोटक पदार्थसहित विप्लवका २ कार्यकर्ता पक्राउ



स्याङ्जा । हतियार र प्रतिबन्धित सामग्रीसहित स्याङजामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीरकोट नगरपालिका ९, का शिव दर्लामी र मोहन सिंजाली रहेको प्रहरीले जानकारी दिएको छ ।

शंकास्पद गतिविधि गरेको आशंकामा पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एक थान एअरगन, बम जस्तो देखिने ‘आईडी’ ५ थान, चन्दा उठाउने रसिद प्याड र विप्लव समूहका विभिन्न दस्तावेज बरामद गरेको छ । विप्लव नेतृत्व नेकपाको दस्तावेज फेला परेपछि छानबिन गर्दा हतियार फेला परेको प्रहरीले ५० लाख चन्दा लिएको १८ थान लेटर प्याड पनि फेला परेको छ ।

विप्लव समूहका दस्तावेज र लेटर प्याड फेला परेको आधारमा प्रहरीले उनीहरु विप्लव कार्यकर्ता रहेको अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्