सहकारीमा ११ लाखको चोरी



प्युठान । सरुमारानी गाउँपालिका वडा नम्बर ४ को ऐरावती बहुउध्यशीय सानाकिसान सहकारी संस्थामा चोरी भएको छ। गए राती मुलगेट र भित्री गेटको ताला फोरेर सेफमा राखिएको एघार लाख ४५ हजार ६ सय ७५ रुपैयाँ चोरी गरिएको हो ।

शुक्रवार बिहान कार्यालय खोल्न पुगेका सहकारीका ब्यबास्थापक रेवत प्रसाद खनालले मुख्य गेट नै तोडिएको पाईएपछी आफुले प्रहरीलाई खबर गरेको बताउनुभयो । बिहान कार्यालय खोल्न आउदा मुलगेट र भित्रीकोठाको ढोकाको ताला फोरिएको थियो,त्यसपछी मैले स्थानिय र प्रहरीलाई खबर गरेँ, उहाले भन्नुभयो, सेफ फोरेर ११ लाख ४५ हजार ६ सय ७५ रुपैयाँ चोरी भएको रहेछ।  बिहिबार हिसाव किताब गरि पैसा सेफमा राखेर आफू कार्यालयबाट निस्किएको ब्यबस्थापक खनालले बताउनुभयो।

कार्यालयको मुलगेट र भित्रीकोठाको ताला तोडिएको र पैसा राखिएको सेफ फोरिएको पाईएको अस्थायी प्रहरी पोस्ट वडा इन्चार्ज प्रेम बहादुर बिकले जानकारी दिनुभयो। ‘जुन ठाउँ सेफ राखिएको छ त्यो ठाउँबाट पैसा मात्र झिकिएको पाईएको छ’ उहाले भन्नुभयो, ‘घटनाबारे थप अनुसन्धान भैरहेको छ।’

प्रतिक्रिया दिनुहोस्