टेनिस टोली काजाकिस्तान जाने



काठमाडौं, (नेस) ।
आईटीएफ एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार काजाकिस्तानको अस्ताना प्रस्थान गर्ने भएको छ ।

अगष्ट ११ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा आरभसम्राट हाडा, प्रणव मानन्धर र सक्षमविक्रम शाहले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा कृष्णराज घले रहेका छन् । अभिभावकहरु जयजीव हाडा तथा प्रनुज मानन्धर पनि टोलीसंगै अस्ताना जाने छन् ।

 

प्रतिक्रिया दिनुहोस्