तीज सफल बनाउने विकल्प



तीज भन्ने वित्तिकै जो कोहीको मानसपटलमा हिन्दुनारीको तस्वीर झलझली झल्किन्छ । रातो बस्त्र, चुरा पोते र ढकमक्क गर गहनासहितको नाचगान विर्सने कुरै भएन । तीजको मुख्य दिनभन्दा निकै साताअघिदेखि पार्टी प्यालेसमा दोहो¥याई दोहो¥याई हुने चेलीबेटी जमघटले पार्टी प्यालेसवालालाई पनि राम्रै राहत प्रदान ग¥या छ ।

तीजमा दरको जति चर्चा हुन्छ त्यो चर्चालाई ओझेल पार्छ गर गहनाले । शिरदेखी पाउसम्म जसले गहना प्रर्दशन गर्न सक्यो उसको तिज कार्यक्रम हिट अन्य हुँदैनन् फिट, हुन्छन् सोझै फ्लप । यसपटक भने सुनको मूल्य दैनिक उकालो लाग्या लाग्यै छ त्यसैले विगतमा हिट भएकाहरु पनि फ्लप हुने संभावना उच्च छ । पोहोर, परारकै गहना लाएर गयो भने साथीभाईले नगन्ने नयाँ किनौ भने घरबारै बेच्नु पर्ने भएसी विगतका हिट पात्रलाई पर्नु पिर प¥या छ ।

कि त सबैले सामुहिक निर्णय गरेर ‘सुन भन्दा कम छैन, हराएमा डर छैन’ अभियान चलाउनु प¥यो । गर गहनारहित तीज सपनामा पनि परिकल्पना गर्न नसकेसी यही नै हो उत्तम विकल्प । फेसबुक र अन्य सामाजिक सञ्जाल बन्द भए पो तिज झुर हुन्थ्यो त । आखिर फेसबुक, इन्ट्राग्राम र ट्वीटरमा पोज पोजको फोटो, सिंगल र ग्रुपडान्सवाला भिडियो अपडोड गर्ने विकल्प बन्द भा’छैन क्यारे ।

प्रतिक्रिया दिनुहोस्