पूर्व प्रम नवाज सरिफकी पुत्री मरियम पक्राउ



इस्लामावाद,(एजेन्सी) ।
पाकिस्तानको प्रमुख राजनीतिक विपक्षी नेतृ मरियम नवाज सरिफलाई विहिवार भ्रष्टाचार नियन्त्रण निकायले पक्राउ गरेको छ । कारगारमा थुनिएका आफ्ना पिता तथा पूर्व प्रधानमन्त्री नवाज सरिफलाई भेट्न जाने क्रममा उनलाई हिरासतमा लिइएको थियो ।

पाकिस्तानको राष्ट्रिय अख्तियार आयोग ( एनएबि ) ले मुद«ा अपचलनको अनुन्धानको क्रममा हिरासतममा लिइएको हो । उनको पिएमएल – एन पार्टीले राजनीतिक पूर्वाग्रह राखेर उनलाई गिरफतार गरिएको जनाएको छ ।
नवाजका भतिजा युसाफ अब्बास सरिफलाई पनि पक्राउ गरिएको छ । शुक्रवार तिनीहरु दुवैलाई लाहोरको अदालतमा पेश गरिने भएको छ । नवाज सरिफ परिवारको एउटा चिनी कारखानासंग सम्बन्धित भ्रष्टाचारको सिलसिलामा तिनीहरुलाई पक्राउ गरिएको एनएबिले जनाएको छ ।

पछिल्ला केहि साताभित्र नवाजले सरकार विरुद्धको थुप्रै ¥यालीको नेतृत्व गरेकी थिइन् । उनले प्धानमन्त्री इमरान खान र पाकिस्तानको शक्तिशाली सेनाको विरोध गर्दै आएकीछिन् । ति ¥यालीमा उनले भाषणमा बोलेको कुरालाई टेलिभिजन प्रशारणको क्रममा पाकिस्तानमै आवाजहिन बनाइएको थियो ।
तर इमरान र सेनाले उनका कुनै पनि समाचार सेन्सर नगरिएको दावी गरेका छन् । दशकौं सम्म पाकिस्तानी राजनीतिमा शरिफ परिवारको शक्तिशाली प्रभाब रहँदै आएको थियो । यो परिवार पाकिस्तानको निक ैठूला थुप्रै भ्रष्टाचार मुद्धाहरुमा तानिएको थियो ।

तीन पटक पाकिस्तानको प्रधानमन्त्री रहिसकेका नवाज सरिफ अहिले भ्रष्टाचारको अभियोगमा सात वर्ष लामो कारवास संजाय भोगिरहेका छन् । सन् २०१७ को जुलाईमा उनलाई पप्धानमन्त्री पदमा रहिरहन अयोग्य घोषित गरिएको थियो । गतवर्षको इमरान खानको पिटिआइ पार्टीले जितेको निर्वाचनमा उनका भाई शहवाज सरिफले पिएमएल – एनको तर्फबाट उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्