अखडामा विस्फोट



मस्को,(एजेन्सी)
रसियाको उत्तरी भागमा रहेको नौसैनिक परक्षण स्थलमा विहिवार भएको एक विस्फोटनमा दुईजना व्यक्तिको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन् । मारिनेहरु गैर सैनिक विशेषज्ञहरु रहेका छन् ।

यसघटनामा सैनिक र गैर सैनिक गरी अन्य चार जना घाइते भएका छन् । रुसी आर्कटिक स्थित उत्तर पश्चिमी आर्खान्जेलस्क क्षेत्रको सो सैनिक अखडाको नाम भने गोप्य राखिएको छ । अधिकारीहरुले एउटा रकेट इन्जिन परिक्षण गर्ने क्रममा सो दुर्घटना भएको तथा यस विस्फोटबाट कुन ैविषालु ग्यास वा विकिरण ननिस्केको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्