किर्गिजस्तानका पूर्व राष्ट्रपति पक्रन सुरक्षा अभियान



बिसेक,( एजेन्सी )
किर्गिज्स्तानका सुरक्षा फौजले दोश्रो पटक बुधवार राति पुर्व राष्ट्रपति अल्माज्वेक एताम्वायभलाई पक्राउ गर्ने प्रयास गरेको छ । यस सुरक्षा कारवाहीको दौरान एकजना सरकारी अधिकारीको ज्यान गएको छ । भ्रष्टाचारका अभियोग लगाइएका उनले साधेपुछका लागि प्रहरी समक्ष आत्मसमर्पण गर्न अस्विकार गरेका छन् ।

यसरी उनको निवासमा सुरक्षाकर्मिले छापामार्दा उनका समर्थकहरुले उनलाई बचाउन हतियार उठाएका थिए । यस घटनामा नियनत्रणमा लिइएका छ जना सैनिकलाई विहिवार विहान सवेरै मुक्त गरिएको छ ।

राजधानी विसेक नजिकको पुर्व राष्ट्रपतिको निवासमा लगातार गोली चलेको र ग्रिनेड पड्केको आवाज सुनएिको वरपरका वासिन्दाले भनेका छन् । स्थानिय संचार माध्यमले उनको निवास पस्ने द्वार तोड्न वख्तरवन्द गाडीको प्रयोग गरेको जनाएको छ ।

साथै सेनाले उनको निवास तर्फ जाने मार्गहरुमा अवरोध तेर्साएको थियो । पत्रकारहरुलाई घटनास्थलमा जान रोक लगाइएको थियो । एताम्वायभको गठवन्धनमा आवद्ध महिला विधायिका इरिना कारामुस्किनाले उनका समर्थकहरु उनलाई अन्तिम क्षण सम्म जोगाउन तयार रहेको जानकारी दिएका छन् ।

उनले पुर्व राष्ट्रपतिलाई जोगाउन उनको निवासको दुवै स्थानमा एक एक हजार जना मानिस उभिएको बताएकीछिन् । उनी अझै सोहि निवासस्थान भित्रै रहेको विश्वास गरिएको छ । उनले विहिवार सरकार विरुद्ध विशाल विरोध ¥याली आयोजना गर्ने योजना बनाएका थिए । उनले आफुलाई राजनीतिक पुर्वाग्रह राखेर अभियोग लगाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्