काश्मीर काण्डबारे मोदीले राति ८ बजे सम्बोधन गर्ने



काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मीरमाथि गरिएको निर्णयपछि राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । मोदीले बिहीवार साँझ ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेको ट्वीटरमार्फतसमेत जानकारी दिएका हुन् ।

काश्मीरको अधिकार कटौती गरेपछि उत्पन्न विवाद र समस्या उनको सम्बोधनमा समेटिने स्रोतले जनाएको छ । भारतमै प्रतिपक्षी दलका नेता तथा अन्य स्वतन्त्र बुद्धिजीवीले पनि काश्मीरमाथिको निर्णयमा विरोध जनाउँदैआएका छन् । काश्मीरमा भने अझै कफ्र्यू लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्