बस र कार एक आपसमा ठोक्किदाँ ३ को मृत्यु, ४४ घाइते



नोभोरोसिएस्क, रुस ।  रुसको नोभोरोसिएस्कनजिकै बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एक बस र कार एक आपसमा ठोक्किँएर खाल्डोमा खस्दाँ सो घटना भएको जनाइएको छ । घाइते ४४ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको जनाइएको छ ।

प्रारम्भिक रुपमा आएको सुचनाअनुसार नोभोरोसिएस्क र केर्च स्ट्राइट राजमार्ग जोडिने एक इलाकामा एक बस र कार एक आपसमा ठोक्किँए्र ९८ फिट खाल्डोमा झरेको बताइएको छ ।

यस दुर्घटनामा घाइते भएकाहरुमा १२ बालबालिका रहेका बताइएको छ । घाइते ४४ मध्ये पाँच जनाको अवस्था गम्भीर भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्