केन्नेडी परिवारकी नातिनीको मृत्यु



वासिंगटन, (एजेन्सी) ।
अमेरिकाका हत्या गरिएका राष्ट्रपतिय उम्मेदवार रोवर्ट एफ केन्नेडीकी नातिनी साओइर्स कन्नेडी हिलको निधन भएको छ । विहिवार अमेरिकाको मास्साचुसेत्सको ह्यान्नीस पोर्ट स्थित केन्नेडी निवासमा आपतकालिन स्वास्थ सेवा टोलिलाई बोलाइएको थियो ।

तत्काल केप कोड अस्पताल पु¥याएकी २२ वर्षिया हिललाई त्यहाँ चिकित्सकहरुले मृत घोषित गरेका थिए । उनी रोवोर्ट र इथल केन्नेडीका पाँचौ सन्तान कर्टनीकी पुत्री हुन् । सन् १९६८ मा साओइर्सका हजुरबुबाको हत्या भएयता केन्नेडी परिवार थुप्रै दुखान्त टना भएक छन् ।

उनका राष्ट्रपति भाई जोह्न एफ केन्नेडीको हत्या भएको पााच वर्षपछि उनका ेहत्या गरिएको थियो । उनले राष्ट्रपति केन्नेडीको कार्यकालमा महान्यायाधिवक्ताको हैसियतले सेवा गरेका थिए । केन्नेडी हिल कर्टनी र पाउल माइकल हिलका एकमात्र छोरी हुन् ।

सन् १९७४ मा आइआरए पव बम काण्डामा गल्तीवश अभियोग लगाइएका चारजना मध्ये एक पाउल माइकल हिल पनि थिए । अमेरिकी संचार माध्यमले उनको लागु औषधको अत्यधिक सेवनको कारण मृतयु भएको हुनसक्ने अनुमान गरेका ेछ । तर पारिवारिक सुत्र र प्रहरीले यस घटनाको विस्तृत विवरण सार्वजनिक गरेका छैन ।

प्रतिक्रिया दिनुहोस्