डेङ्गुका विषयमा धेरै भ्रम फैलियो : चिकित्सक



विराटनगर । डेङ्गुका विषयमा भ्रम धेरै फैलिएको चिकित्सकले जनाएका छन् । प्रादेशिक ९कोशी० अस्पताल विराटनगरमा हाल दुई जना बिरामीमात्र डेङ्गुको शङ्कामा उपचार गराइरहेका छन् । डेङ्गुको उपचार गराइरहनेमा विराटनगर अस्पतालकै कर्मचारी सुरेन मरिकका छोरा १५ वर्षीय किसन मरिक र रङ्गेली नगरपालिका १ निवासी सन्जोग सरदार छन् ।

सुरेन सुनसरीको धरानबाट फर्केर आउँदा डेङ्गुको शङ्कामा र सरदारलाई एक हप्तादेखि ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना भएर उपचार गराइरहेको आकस्मिक कक्षका प्रमुख रघुनन्दन अधिकारीले जानकारी दिनुभयो । दुवै जनाको स्वास्थ्य अहिले सामान्य भए पनि उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा अहिलेसम्म डेङ्गुका कारण कसैको पनि मृत्यु नभएको र अब यो समस्या कम हुँदै जाने उहाँले बताउनुभयो । यसैगरी अस्पतालमा दैनिक १५ देखि २० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् भने उनीहरु उपचारपछि घर फर्कने गरेका छन् । छ दशकअघि निर्माण भएको यो अस्पतालमा धेरै समस्या देखिएको अस्पताल प्रमुख डा रोशन पोखरेलले बताउनुभयो ।

कूल ६० जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा हाल २० जना मात्र कार्यरत छन् भने १४ जना करारमा भर्ना भएका चिकित्सकको पनि म्याद नथपिएकाले बिरामी उपचारमा समस्या उत्पन्न भएको प्रमुख पोखरेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्