काठमाण्डु ब्याडमिन्टन शुरु



नेपाल समाचारपत्र, काठमाडौं ।
विद्यालय स्तरियको काठमाण्डु ब्याडमिन्टन सिरिज २०१९ मंगलबारदेखि त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा शुरु भएको छ ।

करिब ५० विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको प्रतियोगितामा १२ वर्ष मुनि र १४ वर्ष मुनि उमेरतर्फको क्याटेगरी राखिएको छ । पहिलो दिन छात्रतर्फ यु १४ का खेलमा किर्तिपुर स्कूलका प्रशान्त महर्जन, सेन्ट जेभियर्सका एडिम गौचन, शिक्षालयका आयुश बरुवाल, छात्रा यु १४ तर्फ त्रियोगकी अनिस्का राजवंशी र कोटदेवीकी अशिका थापा तथा छात्र यु १२ तर्फ बुद्ध इन्टरनेसनलका रिशभ थापाले वाकओभर पाउँदै अर्को चरणमा प्रवेश पाए ।

यसैगरी पहिलो चरणमा छात्र यु १४ तर्फ डल्लु स्कूलका रदिश शशीले लालीगुराँसका तउसिनलाई ११–८, ११–९ ले पन्छाए । एसियन पब्लिकका सलीन गुरुङले सेन्ट जेभियर्सका एडीम गौचनलाई ११–४, ११–३ ले हराए । सोही उमेर समूहको छात्रातर्फ लालिगुराँसकी करिना नेपालीले शिक्षालयकी सुचना घिसिङलाई ११–८, ९–११, ११–५ ले पराजित गरिन् । केएमसीकी ओटरीना निरौलाले विद्या विकासकी जेनिफर केसीलाई ११–४, ११–७ ले हराइन् ।

प्रतिक्रिया दिनुहोस्