अन्य श्री ३ कहिले चिन्ने ?



उर्जामन्त्री वर्षमान पुन र विद्युत प्राधिकरणका सीइओ कुलमान घिसिङ बहुसंख्यक नेपालीले सुन्या चिन्या नाम हो । घिसिङले प्राधिकरण हाक्न थालेसी लोडसेडिङ दुर भएको, शहरी क्षेत्रमा इन्र्भटर र जेनेरेटरको विजनेस झुर भएको सबैलाई थाहा भएकै हो । त्यसैले त ‘घिसिङ’ र ‘लोडसेडिङ’ पर्यायवाची शब्दझै बन्या छन् ।

मंगलबार संसदतिर धरहराले दुरविन सोझ्याउँदा थाहा पायो, घिसिङ त झनै बरिष्ठ पो रै’छन् । धेरै कुरा थाहा पाएको भनेर गमक्क पर्ने धरहरा जुम्लाका सांसद गजेन्द्र बहादुर महतले ग¥या तर्क सुन्दा झसङ्गै भयो । घिसिङ र पुन त ‘श्री ३ महाराज’ पो रै’छन् । फोन नउठाउने, विद्युतीय समस्याबारे गम्भिर नहुने र भेट्ने समय पनि निदिने भएसी पुन र घिसिङ यस्तो उपादीबाट विभूषित भइसकेका रै’छन् ।

महिनौयता जुम्ला सदरमुकाम अन्धकारमय भएको खवर छथाछुल्ल हुँदा पनि खवर थाहा नपाएझैं गर्ने भएसी यी महोदयले विशेष उपादी पाउनु स्वभाविकै हो । बरु यही उपलक्ष्यमा तक्माकै व्यवस्था ग¥या भए हुने । सांसद महतको कुरो ठिकै हो, भनेकै बेला फोन उठाउने, सांसदले भन्ने वित्तिकै भेट्न मरिहत्ते गर्ने भन्या त नेताकै भाषामा जनता त हुन् नि ।
दुई श्री ३ त चिनियो, अन्य श्री ३ हरुको हुलिया चाहिँ कहिले सार्वजनिक हुने हो कुन्नी ?

प्रतिक्रिया दिनुहोस्